शनिबार, आश्विन १७ गते २०८३

भारतको रक्षा उपकरण निर्यातमा ७ गुणाले बृद्धि

चैत्र २०, २०७९ सोमबार
भारतको रक्षा उपकरण निर्यातमा ७ गुणाले बृद्धि

चालु आर्थिक बर्षमा भारतकाे रक्षा निर्यात अर्थाात् युध्द सामाग्री अहिलेसम्मकै सबैभन्दा उच्च स्तरमाा पुगेको कुरा प्रकाशमा आएको छ । यो आर्थिक बर्ष २०२२-२३ मा १५,९२० करोड रुपैया हुन पुगेको र ७ दाेब्बर बढेकाे दर्शाइएको छ ।

यतिबेला भारतले बिश्वका ८० भन्दा  बढी देशहरुलाई रक्षा सम्वन्धि उपकरण निर्यात गरिरहेको बताइएको छ । भारतको यो रक्षा निर्यात ८ बर्ष पहिला २०१५–१६मा केवल १८ करोड रुपैयाँ थियो । अहिले त्यो बढेर ७ दोब्बर बढी हुन पुगेको छ ।

त्यसपछि बर्ष २०१८ र २०२२ का बीच भारत बिश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता देश रहेको थियो । जसको बिश्व स्तरीय आयातमा ११ प्रतिशत हिस्सा रहेको थियो । अनि २०१६-२२ को कालखण्डमा बिश्व हतियार निर्यातमा भारतको हिस्सेदारी ०.३ प्रतिशत रहेको थियो । भारतले श्रीलंका, रुस, माल्दीभ्स, मरीशस, नेपाल, फिलिपिन्स। इीजिप्ट, इजरायल, भूटान, संयुक्त अरब इमिरेट्स, साऊदी अरब, इथोपिया, फिलिपिन्स, पोल्याण्ड, स्पेन र चिलीलाई हतियार निर्यात गर्ने गरेको छ ।

श्रोत : स्वीडेन स्थित स्टकहोम, इण्टरनेशनल पीस रिसर्च इन्स्टीच्यूट (सिपरी)