पाँच सय बर्ष पुरानो ऐतिहासिक चैत्राष्टमी मेला- कस्ताे भयाे?

-सीताराम थापा
(पांच पैसा साचेकाे चैते दशैलाई बागलुङ जान खर्च पुग्छ घरका सबैलाई) बि.स. १५९१ शाल देखि करिब पाँच सय बर्ष पुरानो ऐतिहासिक चैत्राष्टमी मेला बागलुङमा सम्पन्न भएकाे छ। पांच पैसा साचेर राखि चैते दशैमा स परिवार बागलुङमा सात दिन सम्म मनाउने गरियकाे पुराना बुढापाकाहरुकाे कथन छ। तत्कालिन धाैलागिरी र पश्चिमाञ्चलका गाउँ गाउँ बाट टाेलि बनेर मादल ढलकि मुरलि पञ्चै बजा बजाउदै आफ्नै खान्कि, बान्कि हप्ताै लाई पुग्ने लियर बागलुङ कालिकाकाे चाैपारीमा गित गाउने नाच्ने , ठेलाे , डढ्डिबियाे, बल खेलाउने हुदा यहाँकाे मेला लाई चर्चित मानिन्थ्याे। देसभर बाट भक्तजनहरु कालिका भगवतिमा पुजा गर्न हजाराै आउने परम्परा अझै कायम छ।

अहिले पनी गण्डकी प्रदेशकै सबैभन्दा महत्वपुर्ण मेलाको रुपमा चिनिने चैत्राष्टमी मेला बागलुङमा बुटवल देखि काठमाण्डाै सम्मका मानिस आएका थिय। बि.स. १५९१ सालदेखि नियमित रुपमा सञ्चालन हुदै आएको चैत्राष्टमी मेला यस बर्ष " कला संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन" कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङको आयोजनामा भएकाे यस ५ दिने मेलामा प्रदेसका मुख्य मन्त्री बागलुङका एक दर्जन सांसद देखि राष्ट्रिय कलाकार, खेलाडि र भक्तजनहरु आएकाे गुठिकाे अध्यक्ष कुमार खड्काले बताए। मेलामा नयाँ तथा पुराना मौलिक लोक संस्कृति,स्थानिय उत्पादन, घरेलु सामाग्रीको प्रर्दशनी बिक्री बितरण, राष्ट्रिय भलिकल, रमाईलाे मेला र लाेक दाेहाेरी प्रतियाेगिता संञ्चालन भएकाे र भारत देखि व्यापार गर्न आउने सम्म करिब ४ लाख पर्यटक भित्रियकाे व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं बागलुङ नगर उप प्रमुख राजु खड्काले बताए।

मेलाकाेआकर्षण: राष्ट्रिय भलिबल चैत्राष्टमी मेलामा यस बर्ष प्रमुख आकर्षण राष्ट्रिय खुल्ला भलिबल प्रतियाेगिता रहेकाे दर्शकहरु बताउछन। १३ टिममा खेलियकाे खुल्ला कालिका कप भलिबलमा नेपाल पुलिस कल्ब प्रथम भएकाे छ। आज भएकाे फाईनल खेलमा पुलिसले घुम्टे युवा परिवार बागलुङ गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । घुम्टेले पुलिसले पहिलो १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा २५–१९ को सहज जित निकालेको थियो । तेस्रो सेटमा २२–२५ ले गुमाएको पुलिसले चौथो सेटमा २५–२३ र पाँचौं सेटमा १५–९ को जित हासल गरेका छन।
पुलिस र घुम्टे दुबैले आकर्षण र प्रतिष्पर्धा खेल प्रश्तुति गरेका थिय। उपाधि संगै पुलिस कल्बले ३ लाख रुपैयाँ, दोस्रो भएको घुम्टे परिकारले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा तेस्रो र चौथो हिल साइड निर्माण सेवा निलो र सेतो भएका छन् उनिहरु लाई ७० हजार र २० हजार पुरस्कनर प्रदान गरिएकाे छ। यस्तै नेपाल पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । पुलिस र घुम्टेका उत्कृष्ट खेलाडि छनाैट गरि पुरस्कृत गरिएकाे थियाे।