आइतबार, कार्तिक ९ गते २०८३

गरिमा विकास बैंकद्धारा क्यालेण्डर र नयाँ वेवसाईट विमोचन 

चैत्र १७, २०७९ शुक्रबार
गरिमा विकास बैंकद्धारा क्यालेण्डर र नयाँ वेवसाईट विमोचन 

 

गरिमा विकास बैंकले आज एक विशेष कार्यक्रम आयोजना गरि  नयाँ वर्ष २०८० सालको   क्यालेण्डर विमोचन गरेको छ । केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  गोविन्द प्रसाद ढकाल   र नायव प्रमुख कार्यकारी अधिकृत   माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरेका थिए  ।

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ । सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी ढकालले स्तरोन्नती  गरि ग्राहकमैत्री बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका थिए ।  बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।