शनिबार, आश्विन १७ गते २०८३

अमेरिकी पूर्ब राष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि फाैजदारी अभियााेग

चैत्र १७, २०७९ शुक्रबार
अमेरिकी पूर्ब राष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि  फाैजदारी अभियााेग

अमेरिकाका पूर्ब राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू लगाइने भएको छ । यस मुद्दासँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बन्न पुगेका छन्।  यद्यपि उनीविरूद्धको मुद्दाको विस्तृत विवरण भने अझै खुलाइएको छैन।

ट्रम्पका बिरुद्धका अभियोगहरूमा एकजना पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छन् । त्यो सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि एक ग्र्याण्ड जुरीले डोनाल्ड ट्रम्पलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो।
सात बर्ष अघि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनभन्दा पहिला ट्रम्पसँग सम्बन्ध रहेको भनिएको विषयलाई लिएर मौन रहनका लागि ड्यान्यल्सलाई पैसा दिइएको आरोप ये मुद्दामा लगाइएको छ।

ती पोर्न स्टार ड्यान्यल्सले पूर्वराष्ट्रपतिसँग आफ्नो “व्यभिचारपूर्ण सम्बन्ध“ रहेको र आफूलाई मौन रहनका लागि पैसा दिइएको दाबी गरेकी छन्। ट्रम्प पुनः राष्ट्रपतिमा उठ्न खोजिरहँदा यी अभियोजनहरू चलाइएका हुन्।


अमेरिकामा अदालती कारबाही के कस्तो हुन्छ ?
संयुक्त राज्य अमेरिकाको म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन्। यद्यपि अदालतमा ट्रम्पको औँलाका छाप, अभियोजन प्रक्रियाका लागि तस्बिर र डीएनएको नमूना लिइनेछ।

ततपश्चात् टम्पले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपिल गर्न सक्नेछन्।त्यस  अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइन पनि सक्छ । अदालतमा सुनुवाइका क्रममा यस मुद्दामा उनीविरूद्धका अभियोगहरू पढेर सुनाइनेछ त्यो समय १० देखि १५ मिनेटसम्मको हुनेछ।

त्यतिबेला त्यहाँ प्रदर्शनकारीहरू भेला हुनसक्ने अवस्थालाई मध्यनजर राखेर न्यूयोर्क प्रहरीले सुरक्षा योजना पनि बनाइसकेको छ।

अमेरिकामा बहालवाला तथा पूर्व राष्ट्रपतिहरूको सुरक्षाको लागि जिम्मेवार रहने सेक्रेट सर्भिसले अदालतमा हुने उपस्थितिमा सुरक्षाको मुख्य काम गर्नेछ ।