शनिबार, आश्विन १७ गते २०८३

अनलाइन ठगी गर्ने ९ जना चीनीयाँ नागरिक र १० जना नेपाली नागिरक प्रहरीद्वारा पक्राउ

चैत्र १५, २०७९ बुधबार
अनलाइन ठगी गर्ने ९ जना चीनीयाँ नागरिक र १० जना नेपाली नागिरक प्रहरीद्वारा पक्राउ

काठमाडौं। नाैजना चीनीयाँ नागरिक समेत अनलाइनमार्फत् ठगी गर्ने १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध महाशाखाले उनीहरूलाई बुढानिलकण्ठ वडा २ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोलबाट पक्राउ गरेको  जनाएकाे हो।

ती चिनीयाँ नागरिकहरूले अवैधरूपमा अफिस सञ्चालन गरी सामाजिक सञ्जाल वाट्सएपमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी अनलाइनमार्फत् बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी टेलिग्राम र अप्रेशन टिचर नामक च्यानलमार्फत् अनलाइन कक्षा सञ्चालन गरेर विभिन्न प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चीनीयाँ नागरिकहरूले उनीहरूकै भाषामा नाराबाजी गरेकाे र पत्रकारहरूले फाेटाे खिच्न खाेज्दा भुइमा सुताेकाे समेत जनाइएकाे छ ।

त्यसरी पक्राउ पर्नेहरू चिनीया नागरिकहरूमा ह्वाङ ह्वान रोङ, स्यू फुस्याङ, लान चङ वे, से कोव इ, से स्वाङ ति, काव मिङ, हौ फिङ विङ, छन तुर लिन र लि च्या होङ रहेका बताइएकाे छ।

त्यसैगरी पक्राउ पर्ने नेपाली नागरिकहरूमा दोलखा घर भई बुढानिलकन्ठ बस्ने बुद्धिराज श्रेष्ठ, नुवाकोट घर भएका सोबितमान तामाङ, नुवाकोटकै इन्द्र तामाङ, काठमाडौं बुढानिलकण्ठका प्रयास भण्डारी, दोलखाकै अर्जुन श्रेष्ठ, रामेछापकी रविना सुनार, लमजुङकी सुनिता गुरुङ, मकवानपुरकी जमुना गोले र उदयपुरकी अनिता मगर रहेकाे बताइएकाे छ ।