महासम्मेलनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्य र अभियानबीच छलफल र सम्वादको माध्यमबाट समाधानको मार्गचित्र प्रस्तुत गर्छ भन्ने आम सहकारीकर्मीको अपेक्षा छ । सहकारीको समस्या र यसभित्रका विकृतिहरुलाई पहिल्याएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । हामीले २ ढंगले सहकारी चलायौं । पहिलो, सहकारीको माध्यमबाट सामाजिक उत्तरदायित्व बहन ग¥र्याैं । दोश्रो, व्यक्तिगत र व्यवसायिक हिसाबले सहकारी सञ्चालन गरियो । त्यसले गर्दा सहकारीमा समस्या आयो । अबका दिनमा सहकारीलाई मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्ने गरी मार्गचित्र कोर्नुपर्छ । सहकारी अभियानमा देखिएका समस्या र समाधानका उपायलाई समेटेर कार्यपत्रहरु आउनुपर्छ ।
त्यसैगरी सहकारी अभियान कसरी अगाडि बढ्नुपर्छ र के ग¥यो भने सदस्यलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने कुरालाई जोडका साथ उठाउनुपर्छ जस्तो मलाई लाग्छ । अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई कसरी आन्तरिकीकरण गर्न सकिन्छ । सहकारीको माध्यमबाट ती देशहरुले कसरी परिवर्तन गरे ? ती कुराहरु पनि सुन्न पाइयो भने अझ राम्रो हुन्छ । नेपालमा सहकारीमार्फत बचतऋणको मात्रै काम भएको छ । सहकारीको पुँजीलाई कसरी व्यवसायमा जोड्न सकिन्छ भन्ने कुरालाई पनि महासम्मेलनले उठान गर्नुपर्छ । त्यसैगरी सहकारीहरुबीच एकिकरण गरी बलियो संस्था बनाउने विषय पनि आउनुप¥यो । बैंकहरु पनि मर्जरमा गएकागयै छन् । सहकारीहरु एकिकरणमा नगई सुख्खै छैन । ससानो संस्थालाई टिक्नै समस्या भएको छ । ठूला केहि संस्थामा पनि समस्या देखिएको छ । के ग¥यो भने सहकारीमा एकिकरण गर्न सकिन्छ भन्ने कुरा यहाँ उठ्नुपर्छ ।
सहकारी अभियानमा नरहेका व्यक्तिहरुले महासम्मेलन आवश्यक छैनन भन्ने हुन् । जो अभियान भित्र आउन चाहँदैन, सहकारीलाई मनोमानी ढंगले सञ्चालन गरेका छन् र सहकारीका माध्यमबाट व्यक्तिगत व्यवसाय गरेका छन्, उनीहरुलाई महासम्मेल आवश्यक छैन । जुन सहकारीले मुल्य, मान्यता र दर्शन अनुसार संस्था चलाएका छन् ती संस्थाको लागि त अपरिहार्य नै छ । यस्ता कार्यक्रमलाई धेरैले खर्चको रुपमा लिन्छन् । यस्ता तालिम, गोष्ठी तथा सम्मेलन आवश्यक छ भनेर उनीहरुलाई बुझाउनुपर्छ । पहिला अभियानको नेटवर्कमा आउन नचाहने कतिपय साथीहरु अहिले अभियान खोज्दै हिँडेका छन् । अहिले केहि नियत खराब भएर त, केहि चलाउन नजानेर संस्था समस्यामा परेका छन् । संस्था चलाउन नजानेर बिग्रेका साथीहरु यस्ता फोरममा आएर संस्था कसरी चलाउने भनेर सिक्ने र बुझ्ने अवसर हो । मुलुकमा भएका कतिपय सहकारीले राम्रो काम गरेका छन् र उनीहरु सफल पनि भएका छन् । ती संस्थाहरु कसरी सफल भए भन्ने कुरा आदानप्रदान गर्ने अवसर दिइयो भने त्यसबाट सहभागिले धेरै कुरा सिक्न पाउँछन् । त्यस्ता अनुभवले संस्थालाई सुदृढ बनाउन अझै बल पुग्छ भन्ने हो । के गर्दा संस्था राम्रो हुँदो रहेछ भन्ने कुरा सुन्न र बुझ्न पाउने अपेक्षा कतिपय साथीले गर्नुभएको हुन्छ । राम्रो संस्था बनाउन चाहनेहरुका लागि असल अभ्यास बाँड्नु त राम्रो कुरा हो नि ।
कुनै पनि फोरमबाट एउटा न एउटा नयाँ कुरा जरुर आउँछ । तालिम लिइरहनुपर्छ । मानिसले मृत्युको अघिल्लो दिनसम्म पनि सिकिरहनुपर्छ । जन्मसिद्ध कसैले जानेर आएको हुँदैन । सिक्ने कुरालाई निरन्तरता दिनुपर्छ । जो साथीहरु सिक्नबाट भाग्नुहुन्छ, उहाँहरु सहकारीको मुल्यमान्यता र भावनामा भिज्नु भएको छैन भन्ने हो । महासम्मेलन आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । कुनै पनि काम गरेपछि त्यहाँभित्र गाह«ो अप्ठेरो पर्छ । त्यसलाई सहज बनाउन टिमवर्कमा काम गर्नुपर्छ । यस्ता गोष्ठी तथा सम्मेलनहरु प्रदेशगत रुपमा गर्न सकिए धेरै सहकारीकर्मीले सहभागि हुने मौका पाउँथे । ठूला संस्थाका लागि काठमाण्डौमा गर्दा पनि फरक पर्दैन तर आउने दिनमा प्रदेश स्तरमा कार्यक्रम गरेर धेरै सहकारीकर्मीलाई समेट्नुपर्छ ।