शनिबार, आश्विन १७ गते २०८३

मिटरव्याज पीडितहरूसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

चैत्र १४, २०७९ मंगलबार
मिटरव्याज पीडितहरूसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

 

सरकारले मिटरव्याज पीडितहरूका समस्या समाधानका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ ।  पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । 

उक्त समस्या समाधानका लागि कानुनी जटिलता रहेको भन्दै कानुनी जटिलता फुकाउन संसदमा  विधेयक दर्ता गर्ने तयारीसमेत गरिएको छ। मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर विधेयक सदनमा प्रस्तुत गरिने जनाइएको छ । 


वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल रहेका छन्।  टोलीले आन्दोलनरत मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनेछ ।