बुधबार, भाद्र ३ गते २०८३

नेपाल लाइफले दियाे कोशी र मधेश प्रदेशका अभिकर्तालाइ प्रशिक्षण

चैत्र १३, २०७९ सोमबार
नेपाल लाइफले दियाे कोशी र मधेश प्रदेशका अभिकर्तालाइ प्रशिक्षण

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणमा कोशी र मधेश प्रदेशका करिब ५०० जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअलमाध्यमबा भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उनीहरुको सिकाईमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए । यसले उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनले बताए ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गरे ।

कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा पनि उपस्थित थिए ।

कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताए । अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउदा आफु खुसी प्रकट गरेका थिए ।