सोमबार, आश्विन १९ गते २०८३

प्रहरी महानिरीक्षकमा नियुक्त भए बसन्त कुँवर

चैत्र १०, २०७९ शुक्रबार
प्रहरी महानिरीक्षकमा नियुक्त भए बसन्त कुँवर

प्रहरी महानिरीक्षक (आईजीपी) मा बसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुवँरलाई नियुक्त गर्ने निर्णय गरेको हो । महानिरीक्षक पदका लागि पाँच जना प्रतिष्पर्धी थिए । 

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदका लागि गृह मन्त्रालयले पाँच जनालाई अघि सारेको थियाे । प्रहरी नायव महानिरिक्षक (डीआइजी) पदमा रहेका पाँच जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारीस गरेको थियाे । डिआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञावली र किरण बज्राचार्य एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै महानिरीक्षककाे प्रतिस्पर्धामा थिए। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ३० वर्षे कार्याविधका कारण चैत ९ गते अनिर्वाय अवकाश पाएका हुन् ।