नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।
एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरे। २०६८ सालमा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार रहेको थियो ।
प्रकाशित विवरणअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० रहेको छ । महिला १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छन् ।
यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा। हेमराज रेग्मीले बताए ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।