शुक्रबार, कार्तिक ७ गते २०८३

 वैदेशिक रोजगार बोर्डद्वारा ५० करोड भन्दा बढी सहायता प्रदान

चैत्र ९, २०७९ बिहीबार
 वैदेशिक रोजगार बोर्डद्वारा ५० करोड भन्दा बढी सहायता प्रदान


वैदेशिक रोजगार बोर्डले ५० करोड भन्दा बढी सहायता प्रदान गरेको छ । बोर्डले चालु आर्थिक ०७९/८० को साउनदेखि फागुन मसान्तसम्म ५० करोड ७१ लाख ९४ हजार  रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।

बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएका परिवारलाई, अंगभंग भएका कामदारलाई, कामदारको परिवारलाई औषधि उपचारका लािग, उद्धार गर्न, शव झिकाउन, मृतकको ठेगानासम्म शव पठाउन सहायता गर्दै आएको छ ।

बोर्डले २ हजार १४ जनालाई ५० करोड ७१ लाख ९४ हजार १ सय रुपैयाँको सहायता प्रदान गरिएको छ । कागजात पुरा भएपछि एक साता भित्रै लाभग्राहीको खातामा रकम पुग्नेगरी व्यवस्था मिलाइएको बोर्डले जनाएके छ ।छात्रवृत्ति, क्षतिपूर्ति लगायत सहायता रकम बढाउन प्रस्ताव गरिएको बोर्डले जनाएको छ ।