शनिबार, आश्विन १७ गते २०८३

किसानमाथि भइरहेका उत्पीडन र अन्यायका विरुद्ध ६ वाम किसान संगठन सडकमा

चैत्र ९, २०७९ बिहीबार
किसानमाथि भइरहेका उत्पीडन र अन्यायका विरुद्ध ६ वाम किसान संगठन सडकमा

मिटर ब्याज र लघुबित्तबाट नेपाली किसाहरुमाथि भइरहेको शोषण, तरकारी लगायत बिषादी खाद्य पदार्थहरुको निर्बाध आयात, दैनिक जीवनका नभइनहुने उपभोग्य सामानहरुको चर्को मूल्य बृद्धि, भूमि बैंकको खारेजी तथा गुण स्तरीय मल बिउको अनुपलब्धता तथा कृषिमा बैदेशिक लगानी जस्ता जल्दा बल्दा समस्याहरु औंंल्याउदै हिजो माइती घर मण्डलामा ६ बामपन्थी किसान  संगठनहरुको संघर्ष समतिको आयोजनमा सांकेतिक  बिरोध प्रदर्शन र धर्ना कार्यक्रम सम्पन्न गरे । उनीहरुले कृषि र किसानका समस्या हल नभै राष्ट्रक आधारभूत कुनै पनि समस्या हल नहुने कुरा स्पष्ट पार्दै ५९ बूँदे सरकार समक्ष प्रस्तुत नेपाली किसानका मागहरु पूरा गर्न जोडदार माग गरे । ती मागहरु सही किसिमले पूरा गर्ने ठोस कदम सरकारले नचाले राष्ट्रब्यापी किसान आन्दोलन गर्नुपर्ने अपरिहार्यतमा जोड दिए ।

Lok-N-2048x968.jpg
त्यस कार्यक्रममा बोल्दै अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदीले २००७ सालदेखि २०६३ सालसम्मका राजनीति परिबर्तनका आन्दोलन पछि पनि कृषि र किसानको हक, हित, प्रतिष्ठा र प्रगतिका निम्ति कुनै काम नगरिएको, टालमटोल गर्ने, रित्ता आश्वासन दिने र अल्मल्याउने काम मात्रै हुँदै आएको कुरा त प्रस्तुत ५९ बूँदे मागले नै प्रष्ट पारेको औल्याउँदै बीर किसान शहीद भिमदत्त पन्तले ‘कि त जो त हलो कि त छोड थलो, यदि होइन भने अब हुन्न भलो’ भन्ने जुन सामन्तबाद र साम्राज्यबाद बिरोधी उद्गार ब्यक्त गरेका थिए त्यसलाई पुनरुक्ति गर्दै किसान समस्या हल नभई राष्ट्रिय समस्या हल हुदैनन् भन्ने कामरेड पुष्पलालको उक्तिलाई पनि स्मरण गर्नु भयो र कृषि र किसानका समस्या हल गर्न किसान आन्दोलनमा संयुक्त भएर लाग्न सबैलाई आह्वान गर्नु भयो । मूल्य मान्यता र सिद्धान्तहीन  संकीर्ण राजनीतिक रडाकोले गर्दा देश अस्तब्यस्त भएको र अस्थिरत, अन्यौल र अनिश्चितताले गाँज्दै लगेको पनि उहाँले औंल्याउनु आज देश जनताको अस्तित्व जोगाउनकै लागि पनि किसान आन्दोलन अपरिहार्य भएको बताउनु भयो  ।

Chitra-Bdr-2048x1157.jpg
अर्का बक्ता अखिल नेपाल किसान महासंंघ(क्रान्तिकारी केन्द्रं)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले सरकारले लामो समयसम्म किसानका समस्या र मागको बेवास्त गर्दै आएकोले संघर्षमा उत्रिन र सडकमा आउन बाध्य पारेको र्औल्याउदै यो सम्पूर्ण किसानको साझा आन्दोनल भएकोले यसमा सरिक हुन सबैलाई आह्वा गर्नु भयो ।

Balram-2048x1064.jpg
धर्ना कार्यक्रमका अर्का बक्ता अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँसकोटाले ‘किसान भनेका सुतिरहेका सिंह हुन् तिनलाई जिस्क्याउने काम नहोस्’ भन्ने चेतावनी दिदै कृषि र किसान समस्या हल गर्न आन्दोलनको बिकल्प नभएको कुरामा जोड दिनु भयो ।

Tulsi.jpg
सो कार्यक्रममा बोल्दै आखिल नेपाल किसान महासंघ (अप्फा)का महासचिव तुलसी सापकोटाले किसान समस्या हल भएर कृषि उन्नति नभएसम्म देश औद्योगिकरणको दिशामा अघि बढ्न सक्तैन भन्ने कुरा औंल्याउनुकासाथै सरकारले कृषि र किसान क्षेत्रका जल्दा बल्दा मागलाई बेवास्ता गर्दै आएकोले सशक्त किसान आन्दोलन बिना समस्या समाधान नहुने कुरा प्रष्ट पार्नु भयो ।

Sitaram-2048x1203.jpg
त्यस कार्यक्रमका अर्का बक्ता अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्गले किसान अन्दोलन कमजोर हुँदा कम्युनिष्ट आन्दोनल पनि कमजोर भएको समीक्षा गर्दै र २००८ सालदेखि २०१३ सालसम्मको देशमा उठेको तुफानी किसान आन्दोलनका बेला कम्युनिष्ट पार्टी सशक्त थियो र त्यसले ठूलो प्रभाव पारेको थियो भन्ने स्मरण गर्दै उहाँले अब सशक्त किसान आन्दोलले कम्युनिष्ट आन्दोलनलाई पनि बलियो बनाउन आन्दोलन सशक्त बनाएर समस्या समाधान गर्नपर्ने उद्घोष गर्नु भयो । 

Durga-PSD-2048x1179.jpg
कार्यक्रमका अन्तिम बक्ता अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गा प्रसाद जैसीले कृषि प्रधान देशमा किसानमारा नीति ल्याएर देशको प्रगति हुँदैन । रोजगारी पैदा हुँदै र यूवा पलायन राकिदैन । त्यसकारण किसानहरु आन्दोनलमा उत्रिनुको कुनै बिकल्प छैन भन्नु भयो ।

किसान अन्दोलन.jpg