शनिबार, आश्विन १७ गते २०८३

युक्रेन युद्ध अन्त्य गर्न चीनकाे रूससँग १२ बूँदे प्रस्ताब

चैत्र ८, २०७९ बुधबार
युक्रेन युद्ध अन्त्य गर्न चीनकाे रूससँग १२ बूँदे प्रस्ताब

मास्को । चीनीयाँ राष्ट्रपति शी जिनपिडको रुसको राजकीय भ्रमणको दोश्रो दिन रुससँग चीनको आर्थिक साझेदारी अझ बिस्तार गर्ने ब्यापक प्रतिबद्धतासहीतको बिस्तुत खाका तयार गरेका छन् । शी र पुटिनले पश्चिमा प्रतिबन्ध र यूक्रेन युध्दको असरबाट आफ्ना दुइ राष्ट्रलाई सुरक्षित राख्न सक्ने गरी आर्थिक ब्यवस्थाको बिस्तृत खाका तयार पारेको बताइएको छ । 
बिश्वका दुइ शक्तिशाली देशका शक्तिशाली नेताहरुले त्यस खाकामा सञ्चार उद्यमहरुदेखि लिएर बैज्ञानिक अनुसन्धानसमेत ब्यापक सहयोगका १२बूदे ठूलो महत्वकाे सम्झौतामा हस्ताक्षर गरेका छन् । नेताहरुले चीनमा थप रुसी तेल र रुसमा थप चिनीयाँ कम्पनीहरु ल्याउने समेत प्रतिबद्धता जनाएका छन् । 
यसै बीच अमेरिकाले एशियाका दुइ ठूला अर्थतन्त्र चीन र जापानाका नेताहरुको छुट्टा छुट्रटै भ्रमणले रुसको आक्रमणले सिर्जना गरेको भूराजनीतिक त्रुटीलाई उजागर गरेको टिप्पणी गरेर एशिया यसमा बिभाजित छ भन्ने देखाउन खोजेको छ । अहिले शी रुसको भ्रमणमा रहेकै बेला जापानका प्रधानमन्त्री फुमियो किसिदाले यूक्रेनको भ्रमण गरिरहेको कुरालाई संकेत गरेको हो ।
एसियाका दुई ठूला अर्थतन्त्र चीन र जापानका नेताहरूको छुट्टाछुट्टै भ्रमणले रुसको आक्रमणले सिर्जना गरेको भूराजनीतिक त्रुटिरेखालाई उजागर गरिरहेको छ ।

रूस-यूक्रेन युध्द अन्त्य गर्ने चीनकाे प्रस्ताब

याे महत्वपूर्ण राजकीय भ्रमणका बेला चीनका राष्ट्रपति शी जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेन युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । रुस भ्रमणमा रहेका सीले रुस–युक्रेन युद्ध अन्त्यक लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव समकक्षी पुटिनसमक्ष राखेका हुन् ।

चीनले राखेकाे त्याे प्रस्तावमा सामान्य सिद्धान्तका कुरा भए पनि युद्ध कसरी रोक्ने भन्ने विस्तृत योजना भने नरहेको र रुसले पछिल्लो भेटबारेमा विस्तृत जनाकारी दिइनसकेको भनेर बीबीसीले जनाएको छ । पश्चिमा देशहरूले रुसलाई एक्लो बनाइरहेका बेला चिनियाँ राष्ट्रपति शी रुस पुगेर युद्ध रोक्न आग्रह गरेका हुन् । चीनको प्रस्तावपछि रुसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताएको पनि बीबीसीले बताएको छ ।

Xi-Putin-in-Mosco.jpgगएकाे वर्ष फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरे पनि चीनले त्यसको विरोध गरेको छैन । युक्रेन आक्रमणपछि शी पहिलो पटक रुस पुगेका हुन् । उनले आफ्नो भ्रमण निकै फलदायी हुने बताएका छन् ।

उता अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले भने शीको भ्रमण हतियार बेच्न गरेको चालबाजी रहेको आरोप लगाएका छन् । तर शीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ । चीनले दुई हप्ताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने महत्वपूर्ण सम्झौता गराउन सफल भएको थियो ।