मास्को । चीनका राष्ट्रपति शी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा तीन दिने राजकीय भ्रमणमा मास्कोमा पुगेका छन् । उनको त्यहाँ भब्य स्वागत गरिएको छ ।
त्यस अबसरमा एउटा लिखित बक्तब्यमा शीले भनेका छन् : यो भ्रमणका अवसरमा दुइ देश बिचका साझा सम्वन्ध र महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्वन्धका बिषयका बारेमा पनि बिचार आदान प्रदान हुने र दुइ देशका बीच नयाँ युगमा ब्यबहारिक सहयोगका बारेमा गहिरो छलफल हुनेछ ।
शीले भनेका छन् यो भ्रमणले फलदायी परिणाम ल्याउने छ र रुस–चीनको रणनीतिक साझेदारीका सम्बन्धमा यसले नयाँ ऊर्जा र सबलता प्रदान गर्नेछ ।
चीन र रुस साझा नदी र पर्बत भएका मैत्रीपूर्ण छिमेकी रहेको उल्लेख गर्दै शीले भनेका छन् १० बर्ष पहिला शी र पुटीले सम्वन्धको नयाँ अध्याय खोलेका र दुइ देश बीचको चौतर्फी बिकासको बाटो खोलेका थिए ।
बितेको दशमा दुइ देशले दुइ देश बीचको पारस्परिक सम्वन्ध कुनै तेश्रो शक्तिलाई नताकीकन असंलग्न र निर्द्वन्द्वरूपमा सुदृढ तुल्याएको र अभिबृद्धि गरेको तथा परस्पर सम्मान, शान्तिपूर्ण सह–अस्तित्व एबं जीत–जीतको सहयोगको उदारण प्रस्तुत गरेको र दुइ देशले परस्पर बिश्वासलाई अझ गहिरो बनाएको, ब्यवहारिक सहयोगको बिस्तार गरेको अन्तराष्ट्रिय सहयोगमा पनि घनिष्ठ र प्रभावकारी प्रयत्नहरु गरेको र दुइ देशका जनताहरुको सम्वन्धमा दूरगमी मित्रता कायम गरेको औंंल्याएका छन् ।
बक्तब्यमा संयुक्त राष्ट्र संघको बडा पत्रलाई केन्द्रमा राखेर अन्तर्राष्टि सम्वन्ध र प्रणालीलाई पनि निरन्तरता दिने कुरा औंल्याइएको छ ।
चीनले रुससँग बहुध्रुबीयतलााई बढावा दिन र अन्तर्राष्टिय सम्वन्ध बृहत लोकतन्त्रका लागि र बिश्व सुशासनका लागि मिलेर काम गर्ने कुरा पनि उल्लेख गरिएको छ ।