प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएका छन् । त्यस प्रस्तावको विपक्षमा ८९ सांसदले मत दिएको । मत विभाजनका बखत संसदमा कुल २६२ सांसद उपस्थित रहेकोमा १ जनाले मत भने दिएनन् ।
परिणाम घाेषणापछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाइ बधाइ दिएका थिए ।