मस्को । निदरल्याण्डकाे हेग स्थित अन्तर्राष्ट्रिय फाैजदारी अदालतले पक्राउ पूर्जी जारी गरे पनि हिजाे रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्राइमिया पुगे । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमिया पुगेका हुन् ।
उनी क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा त्यहाँ पुगेको बताइएको छ । त्यस क्रममा उनले मारियापाेल शहरकाे पनि भ्रमण गरेका थिए ।
नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गएकाे शुक्रबार मात्र युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।
रूसी राष्ट्रपत क्राइमिया पुग्दा उनकाे त्यहाँ भब्य स्वागतसमेत गरिएको बताइएकाे छ ।