मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटीन बिरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको छ । सो अदालतले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ । लगाइएका अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने बिषय पनि समावेश भएको बताइएको छ। उल्लिखित अपराधहरु युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख गरिएको छ, जुन बेला रूसले यूक्रेनमाथि पूर्ण मात्रामा आक्रमण शुरु गरेको थियो।
तर रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको यो आरोपलाई अस्वीकार गरेको छ। पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्व’ नभएको जिकिर गरिन् । प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनेकी छन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन।’