
लोकनारायण सुबेदी
जब यो मार्च महिना शुरु भयो त्यतिबेला अमेरिकी सिलिकन भ्याली बैंकका सिईओ ग्रेग बेकर आफ्नो संगठनको तर्फबाट ‘बैंक अफ द इयर’ को पुरस्कार थाप्नक लागि लण्डन गएका थिए । यो सौदामा अमेरिकाको एक्लै यत्रो ठूलो बैंक जसलाई ‘बैंक अफ द इयर’को पुरस्कार दिनका लागि चुनिएको थियो, त्यो बैंक ध्वस्त हुन पुग्दछ भने त त्यसका सम्पूर्ण काममाजमाथि प्रश्न उठ्छ नै। तर त्यसभन्दा पनि ठूलो प्रश्न अमेरिकी नियामक(रेगुलेटर)हरुमाथि उठ्दछ जसको निगरानीमा फेडरल रिजर्भले ऋणपत्र(बण्डं) जारी गर्यो त्यो बण्डको मात्रा तथा ब्याज दर निर्धारण गरियो । आज यो सिलिकन भ्याली बैंक घाटामाा गयो भने यसको अर्थ एक्लै उसको मात्र घाटा कदापि होइन ।
बास्तवमा जतिबेला यो मार्च महिना शुरु भयो त्यतिबेला अमेरिकी सिलिकन भ्याली बैंकका सिईओ ग्रेग बेकर आफ्नो संगठनका तर्फबाट ‘बैंक अफ द इयर’(बर्षको बैंक) पुरस्कार लिनका लागि लण्डन पुगेका थिए । २२० बिलियन डलर मूल्यको यो बेंक बिश्वमा सबैभन्दा तीब बढाउने बंैकहरुमा एक मानिन्थ्यो । अमेरिकाका बैंकहरुमा यसको नम्बर १७औं थियो अनि चीन, भारत, डेनमार्क, जर्मनी, इजरायल तथा स्वीडेन लगायतका सारा देशहरुमा यसको साझा उपक्रम चलिरहेको छ । अनि सबैभन्दा ठूलो कुरा त के भने यो बिश्वभरीका स्टार्टअप(आरम्भिक) उद्यमीहरुको प्यारो बैंक थियो । तिनीहरुले यो बैंकबाट केवल पूँजी मात्र होइन र ऋण मात्र पनि लिने गर्दैनथे यसमा पैसा पनि जम्मा गर्ने गर्दथे । तर एक हप्ता पनि लागेन यो बैंक भस्याक भुसुक भएर ढल्यो ।
गएको बुध र बिहीवार अर्थात ८ र ९ मार्चका दिन बैंकका सामुमा आफ्नो पैसा माग्नेहरुको लाम लाग्यो र शुक्रबार अर्थात १० मार्चका दिन यो बैंकले हात उठयो । सरकार सक्रिय भयो र रेगुलेटरहरु(नियामकहरु)ले यसलाई आफ्नो कब्जामा लिए । अमेरिकाका अर्थमन्त्रीले भन्न त आइतबारका दिन भने कि यो त्यति बढी ठूलो कठिनाईको स्थिति होइन र यसमा उनले कुनै बेल आउट प्याकेज दिन गइरहेका छैनौं भने पनि स्थिति अझ बिग्रन पुग्यो । अनि त राष्ट्रपति बाइडेन स्वयं नैे अगाडि सरेर आश्वासन दिनु पर्यो कि सबैको पैसा सुरक्षित छ । तर सोमबार लाग्दा नलाग्दै एउटा अर्को अमेरिकी बैंक सिग्नेचर बैंक पनि धराशायी भयो । त्यसपछि त ठूलो बर्षा र खराब मौसमको वास्तै नगरी जम्माकर्ताहरु उग्र भएर प्रदर्शन र तोडफोड समेत गर्न थाले ।
त्यसपछि त बिश्वभरीकै बित्तीय बजारमा यतिबेला ठूलो हलचल र भूकम्प नै आएको जस्तो स्थिति छ । यो कहाँसम्म पुग्दछ भबिष्यबाणी गर्न कठिन छ । एकातिर त अमेरिकामा एक पछि अर्को बैंकहरु धराशायी भइरहेका छन् (दुइटा त भइसके तेश्रो कुन बेलाा हुने हो अनुमान लगाइदैछ) अनि अर्कोतिर बिश्वभरीको शेयर बजार यो हलचलबाट हैरान छ । यसले भारतको बजारको मूख्य सूचकांक सेनसेक्स त झण्डै दुइ हजार अंंक खस्कियो तर चीन लगायतका कतिपय देशमा भने तेजी देखिएको छ । तेलको मूल्य घटिरहेको छ र सुनको बढिरहेको छ र शेयर बजारमा पनि बैंकिङ्गको शेयरले गोता लगाइरहेको छ भने स्टार्टअप कम्पनीहरुको हालत भने खराब हुन पुगेको छ । कतिपय देशहरुमा अझ बढी हलचल छ किनभने त्यहाँको पूँजी यी धराशायी भएका बैंकसँग गाँसिएको थियो । अहिले छिमेकी भारतकै पनि कुरा गर्ने हो भने त्यहाँका सूचना तथा प्रबिधि राज्यमन्त्री राजीव शेखरनले भनेका छन् भारतका स्टार्टअप उद्योहरुमा यसको न्यूनतम असर पर्नेछ । उल्लेख्य के छ भने भरतका करीब २०० यस्ता उद्योगहरुको यस बैंकमा खाता रहेको छ । अनि जाने कुन भरोसाले एउटा निजी बैंकले यो खाता भारतमा ल्याउने अभियान शुरु गरिदिएको थियो ।
तर अन्यत्र बिश्वमा यस्तो छैन । बृटेनमा २५० यस्ता कम्पनीहरुले प्रधानमन्त्री ऋषि सुनकलाई पत्र लेखेर सावधान रहन र आफुहरुलाई बचाउन अपिल गरेका छन् । के अनुमान लगाइदैछ भने आउँदो एक महिनामा बिश्वभरीका करीब दश हजार स्टार्टअप कम्पनीहरुलाई, जसको आकार प्रकार नै सानो मात्रै छैन, बित्तीय शक्ति पनि कम छ, तिनले आफ्ना कर्मचारीहरलाई तलब त दिनु पर्दछ । त्यतिबेला संकट वास्तविकरुपमा देखापर्ने छ । करीब एक लाख मानिसहरुको रोजगारी पनि प्रभावित हुनेछ । अनि त्यतिबेलासम्म तेश्रो र चौथो बंैकहरु धराशायी हुँदै जाँदा अरु के के कठिनाईहरु थपिने हुन् त्यसको हिसाब किताब लगाउने अहिलेको समय होइन । तर के भनिन थालिएको छ भने २००८ को संकट पछि यो सबैभन्दा ठूलो बैंकिङ्ग संकट हो । अहिले पनि केवल बैंकिङ्ग कम्पनीहरुलाई नै लाखौं करोडको नोक्सानी भइसकेको छ । अनि यसको प्रभाव सम्भवतः त्यसभन्दा पनि बढी र गहिरो हनजाने छ । किनभने यो नयाँ तरीकाले चल्दै थियो र यो एकाएक धरााशायी हुने खतरा लगभग शून्य नै रहेको मानिदै थियो ।
अनि के कुराले यस पटकको संकटलाई अझ ठूलो बनाइरहेको छ भने पहिलो कुरा त अमेरिकी रेगुलेटरहरुले सब प्राइम संकट र लेहम्यान ब्रदर्स जस्ता बिशाल बित्तीय संस्थाहरु डुब्दाको कुनै शिक्षा लिएको देखिएन । त्यो संकट पनि रेगुलेटरहरुको लोभ र बित्तीय उपकरणहरुको घटिया रेटिङ्गका कारण आएको बताइएको थियो र केही कुहेका आँपहरुका कारण सारा टोकरीको आँप फ्याँक्नु परेको भनिएको थियो । तर यस पटकको संकट यस अर्थमा त्योभन्दा पनि ठूलो र ज्यादा भयावहरकारी मानिदैछ कि यस पटक केही कमजोर बित्तीय उपकरणको खराब रेटिङ्ग र सौदाको मात्र बिषय छैन । सिलिकन भ्याली बैंकको हात त फेडरल रिजर्भको बण्ड सौदामा जलेको छ जसको बिश्वभरीकै बित्तीय बजारमा सबैभन्दा उच्च साख रहेको हो । देखिएको हो कि हालैका दिनहरुमा आफुकहाँ मुद्रास्फिति तथा आर्थिक सुस्तीलाई हटाउनका लागि अमेरिकी फेडरल रिजर्भले कयौं किस्तामा आफ्नो बण्ड जारी गरेको थियो र ब्याजको दरलाई पनि शून्यबाट बढाएर पाँच प्रतिशत तुल्याएको थियो । त्यसको अमेरिका लगायत बिश्वभरी नै असर रह्यो । सिलिकन भ्यालीका प्रबन्धकहरुले आफ्ना जम्माकर्ताहरुको पूँजीलाई ती बण्डहरुमा लगाएर राम्रो आमदानी गर्न चाहे किनकि अमेरिकको लागि पाँच प्रतिशतको सुनिश्चित आमदानी या आयलाई निकै नै राम्रो मानिन्छ । तर अब यो बण्डको बजार गडबडाउन थाल्यो र आफुलाई आवश्यकता पर्दा उनीहरुले आफ्ना बण्डलाई भजाउनकाा लागि बजारको शरण लिए । त्यसमा ठूलो घाटा लाग्यो । संकट यहीबाट शुरु भएको थियो ।
स्पष्ट छ कि यो गल्ति(सौदाको समय र आकार–प्रकाकरको चुनाव) त सिलिकन भ्यालीका प्रबन्धकहरुकै हो । तर एक्लो यस सौदाबाट त्यत्रो ठूलो बैंक जसलाई ‘बैंक अफ द इयर’ को पुरस्कााकर दिनका लागि छानिाएको थियो, त्यो बैंक ध्वस्त हुन्छ भने त्यसको सारा कामकाजमाथि त सबाल उठ्छ नै । तर त्यसभन्दा पनि ठूलो प्रश्न त अमेरिकी रेगुलेटरहरुमाथि नै उठद्छ जसको रेखदेख या निगरानीमा फेडरल रिजर्भले बण्ड(ऋणपत्र)जारी गरेको थियो, बण्डको मात्रा र ब्याजको दर निर्धारण गरेको थियो । आज यति सिलिकन बैंकलाई घाटा भयो भने यसको अर्थ यो एक्लै उसको मात्र घाटा होइन । यो बण्ड जस जससँग छ ती सबैलाई नै घाटा त भइनै सक्यो । तिनले के कस्तो प्रतिकृया देलान् त्यो देखिने नै कुरा छ । तर उनीहरुले यो घाटाको ब्यबस्थापन गर्नै पर्दछ । अनि यदि बर्तमान बाइडेन सरकाले भन्दछ कि उसले कसैको नोक्सान हुन दिन्न भने के बण्डसँग पनि यही कुरा लिखितरुपमा भनिएको छैन ? यदि उसले कसैलाई घाटामा पर्न दिदैन र यस संकटलाई समाधान गर्नका लागि करदाताहरुको पैसा पनि लगाउँदैन भने अरु कुन जादू देखाउला । बिश्लेषकहरु भन्दछन् वास्तवमा आज बित्तीय प्रबन्धकरुलाई उनीहरुको यही जादुगरीको ठूलो बोझ बोक्नु र बेहोर्नु परिरहेको छ । यद्यपि पूँजीवादी प्रणालीमा यस्त संकटहरु बेला बेलामा आउने गरिरहन्छन् ।