शुक्रबार, कार्तिक ७ गते २०८३

पेलेस्टिनीहरुलाई : इजरायलले निरन्तर पेल्दै

चैत्र १, २०७९ बुधबार
पेलेस्टिनीहरुलाई : इजरायलले निरन्तर पेल्दै

इजरायलमा बेञ्जामिन नेतान्याहूले गएको बर्षको अन्त्यमा घोर दक्षिणपन्थी तथा अति पुरानपन्थी धार्मिक पार्टीहरुसँगको गठबन्धन सरकार बनाएर सरकारमा आए पछिदेखि नै पश्चिम किनारामा बसेका पेलेस्टिनीहरुका बिरुद्ध इजरायली सुरक्षा बल तथा यहूदी बस्ती बसाउनेहरुको हमला चर्काएका छन् । नेतान्याहू सरकारले के घोषणा गरिसकेको छ भने उसले अन्तर्राष्ट्रिय कानुनको खुलेयाम उल्लंघन गर्दै पश्चिमी तटलाई इजरायलमा गाभ्नका लागि काम गर्नेछ । अन्तर्राष्ट्रिय कानुनले प्रष्ट के मान्दछ भने त्यो पश्चिमी किनारा १९६७ को युद्धदेखि यता इजरायलद्वारा अतिक्रमण र कब्जा गरेको क्षेत्रकोरुपमा रहिरहेको छ । 
 गएको महिना फेब्रुअरीको मध्यमा इजरायली सरकारले पश्चिमी किनारामा त्यसबेलासम्म अबैध बनेकाके यहूदीबादी बस्तीलाई सरकारी अनुमोदन दियो । यस बस्तीमा १० हजार नयाँ आवासीय इकाईहरु पनि हुने बताएको छ ।
 स्न १९६७ देखि कब्जा गरिए पछियता इजरायले पश्चिम किनारमा तथा पूर्बी जेरुशलेममा १४० बस्तीहरु बसाएको छ । जसमा करीब ६ लाख यहूदीबादी बासिन्दाहरुलाई बसाइएको छ पश्चिमी किनारामा बसेका पेलेस्टिनीहरुलाई तिनका घरहरु र जमीनबाट निकालेर बाहिर धपाउनका लागि यहूदीबाट बासिन्दाहरुद्वारा अबैध अतिक्रमणको माध्यमबाट भयंकल दबाब दिनुकासाथै त्यसमाथि नेतान्याहूको नयाँ सरकार आए पछि जसमा यस्ता धर्मान्ध दलहरु पनि सामेल छन्, जसले खुलमखुल्ला पेलेस्टिनीहरुलाई धपाएर बाहिल पठाउने कुराको जोडदार वकालत गर्ने गर्दछन्, हिंसाको चक्रमा पनि नाटकीय किसिमले आज बृद्धि भएको बताइएको छ ।
इजारयलको रक्षा बल र अन्य अद्र्धसैनिक गार्ड, आतंकबादीहरुलाई पक्रिेन नाउँमा पश्चिमी किनारका शहर तथा गाउँमा लगातार हमला गरिरहेका छन् । गएको जनवरीमा जेनिनमा यस्तै किसिमको हमला गरिएको थियो । जसले गर्दा दशजना पेलेस्टिनीहरु मारिएका थिए । मारिनेमा अधिकाकंश साधारण नागरिकहरु थिए ।  जसमा एक जना ६२ बर्षीया महिला शामेल छन् । यसरी नै एउटा अर्को नरसंहार नबलुशस भन्ने ठाउमा भएको छ जहाँ फेब्रुअरी २२का दिन १०२ जना घाइते भएका थिए ।
 यो बर्ष २०२३ मै मात्र अहिलेसम्म कूल मिलाएर ६२ जना पेलेस्थिनीहरुको हत्या भइसकेको छ । यस्तो हत्या सरदर हरेक दिन चलिरहन्छ र हरेक दिन एकजना पेलिस्टिनी मारिएको तथ्यांक कायम हुन्छ ।
घेराउमा गर्ने आफ्नो घर समेतमलाई निशानामा पार्ने स्थितिमा हतास कतिपय पेलिस्टिनीहरले त्यसको प्रतिरोधमा काबाही गरे र जबाबी हमला गरे ।नबलुसमाथि हमला गरिए पछि नबलुसको नजिकै हुवारामा पनि दुइ यहूदीबादी बासिन्दा दाजुभाईलाई गोली हानियो । त्यसै दिन आईडीएफका केही सनेताहरुसँग ४०० यहूदीबादी बासिन्दाहरुले पेलिस्टेनी बासस्थानमा हमला गरेका थिए । त्यस क्रममा ३० घरमा आगो लगाइदिए ४० कारहरुलाई नोक्सान पुर्याए भने १०० कारहरु नष्ट तुल्याइए । त्यस हमलामा एकजना पेलिस्टिनीलाई मारिदिए भने अर्का एकजनालाई गम्भीररुपमा घाइते तुल्यादिए । यो ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा छ कि सत्ताधारी गठजोडका एकजना प्रमुख सदस्यले त्यस हिंसालाई जायज बताए जब िनागरिक अधिकाार समूहले नरसंहार करार गर्दिएको छ, त्यसलाई जायज बताएको छ ।
अर्कोतिर इजरायली नाकाबनदीका शिकार गाजापट्टीमा रहिरहेका पेलेस्टिनीहरुलाई आउदा दिनहरुमा बिमानहरुबाट बमबर्पाको निशाना बनाइदै गरेको थियो, जसले गर्दा त्यहाँका करीब बीस लाख निबासीहरुको जीवन नर्क सरह बनाइएको थियो ।
हुन त इजरायली सरकारले संयुक्त राष्ट्र संघसँग सम्बन्धित प्रस्ताबहरुको घोर उल्लंघन गर्दै यस्ता अबैध यहूदीबादी बस्तीहरु खडा गरिनेकुरालाई खुलेयाम संरक्षण दिइरहेको छ । सुरक्षा परिषदले गएको १४ फेब्रुअरीका दिन सर्बसम्मतिले एक प्रस्ताब स्वीकार गर्दै इजरायलद्वार ती बस्तीहरु खडा गरिन लागेको कुरलाई आफ्नो कडा बिरोध जनाएको थियो । तर अहिले अमेरिकाको हस्तक्षेपका कारण त्यो प्रस्ताब पेलेस्टिनी प्रतिनिधिद्वारा प्रस्तुत गरेकाके प्रस्ताबको मस्यौदाको तुलनामा धेरै हलुका र सामान्य थियो । मूल प्रस्तावको इजरायली बसोबाससोलाई रोक्ने माग कानुनी रुपमा बाध्यकारक हुन्थ्यो । 
जस्तो कि पहिला पनि यस बारे उल्लेख गरिएको थियो कि पेलेस्टिनी लक्षलाई अबिचलितरुपमा  लामो समयदेखि चल्दै आएका देशहरु पनि पछि हट्दै छन् । हिंसाको बर्तमान ज्वारका बीचमा पनि कतिपय देशले जेरुशलेममा यहूदी प्रार्थना गृह(सिनेगोग) माथिको हमलाका बिरुद्ध त कडा निन्दा गरे जसमा सातजना यहूदी माएिका थिए । तर जेनिन र नबलुमा इजरायली सुरक्षाबलद्वारा हमला गरिदाको नरसंहारकारी  हिंसामा भने मौन साधेर बसेको पनि देखिन्छ । इजरायली र यहूदी मारिदा रुने चिच्यानेहरु पनि पेलेस्टिनी मारिदा भने चुपचाप केही नभएको जस्तो गरी बस्ने स्थिति पनि देखिदै आएको छ ।