शनिबार, आश्विन १७ गते २०८३

शीतल निबासबाट निबर्तमान राष्ट्रपति बिद्या भण्डारीकाे सम्मानपूर्बक बिदाइ

फाल्गुण २९, २०७९ सोमबार
शीतल निबासबाट निबर्तमान राष्ट्रपति बिद्या भण्डारीकाे सम्मानपूर्बक बिदाइ

काठमाडौं । आजबाट निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको आज शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो । 

त्यस अवसरमा प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरे। निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए ।

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा सम्मानस्वरूप नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् ।