आइतबार, कार्तिक ९ गते २०८३

१५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

फाल्गुण २९, २०७९ सोमबार
१५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन अवधिका लागिट्रेजरी बिल जारी गरेको हो ।

जसमा २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । यो चैत २८ गते परिपक्व हुनेछ । यस्तै ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो २०८० जेठ ३० गते परिपक्व हुनेछ ।

यस्तै ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ । यो २०८० फागुन २९ गते परिपक्व हुनेछ । यसको बोलकबोल आज ३ बजे हुनेछ ।