विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सामान खरिद गर्दा डिस्काउण्ट अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रू. १०० प्रति कारोबार र अफर अवधि भर रू. ३०० सम्म छुट लिन सक्ने छन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंककाे हाइबैंक , नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, एन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने छ।