काठमाण्डौ । एक समारोहका बीच फागुन २७ गते ब्लड डोनर एशोशिएशन नेपाल(ब्लोदान)ले आठौं रक्तदाता राष्ट्रिय दिवस सम्पन्न गरेको छ । काठमाण्डौ महानगर पालिकाका उपमेयर सुनिता ढंगोलको प्रमुख आतिथ्यतामा ब्लोदानका अध्यक्ष इं.सानुबाबु प्रजापतिको अध्यक्षतामा नेवा बक्वेट खुशीबुँमाा सम्पन्न गरिएको कार्यक्रममा केन्दिय रक्तसञ्चार केन्द्रका कार्यकारी निर्देश उमेश ढकाल, ब्लड बैंकका प्रमुख परशुराम दाहाल, कन्तिपुर ब्लड बैंकमा प्रमखु टीकाराम मण्डल, भक्तरपुर ब्लड बैंकका प्रूमखु तथा ब्लोदानका बरिष्ठ सल्लाहाकार लोकनारायण सुबेदी लगायतका बिभिन्न क्षेत्रका महानुभावहरु अतिथिकोरुपमा उपस्थित हुनुहुन्थ्यो ।
पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै आफ्नो सम्बोधनमा प्रमुख अतिथि सुनिता डंगोलले महानगरपालिकाले सामाजिक सेवाहरुलाई सहयोग गर्ने उदेश्य लिएको र कार्यक्रम राखेको उल्लेख गर्दै रक्तदान अभियानमा निरन्तर लागिरहेको ब्लोदानलाई सहयोग गर्ने धरण ब्यक्त गर्नु भयो र भन्नु भयो - यसका लागि महानगरपालिका, ब्लोदान र रेडक्रस लगायतका सरोकारवाला सबैसँग कुराकानी गरेर कदम अघि बढाउनेछ । उहाले आफु पनि रक्त अभियानको एउटा सदस्य भएको उल्लेख गर्द रक्तदान सम्वन्धमा अनेक अन्धबिश्वासहरु रहेको र पहुँच नभएका रक्तदाताहरुले आफ्ना मानिसहरु बिमारी पर्दा समेत रगत पाउन कठिन भएको गुनासो आउने गरेकाले रक्कदान दिन प्रेरित हुन नसकिरहेको स्थितिलाई सुधार गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
ब्लोदानका बरिष्ठ सल्लाहाकार तथा पुराना रक्तदाता लोकनारायण सुबेदीले बिमारीले निशुल्क उपचार पाउने संबैधानिक ब्यबस्था भएको र यो जनताको मौलिक अधिकार रहेकोले सरकार र सरोकारवाला निकायहरुले आवश्यक परेका बिमारीलाई रक्तदाताले निशुल्क दिएको रगत बिमारीलाई निशुल्क उपलब्ध गराएर बिमारीको उपचार र संबिधानको सम्मान गर्नु पर्ने कुरा उठाउदै यसमा उपमेयर डगोल, रेडक्रमका निर्देशक लगायत सबै सरोकारवालाले सहयोग गर्नु हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाले कार्यक्रमा नेपालमा राणा शासनकै समयमा सम्बत २००० सालमा रक्तदानको आरम्भ गने अग्रदूत दयाबीर सिंह कंसाकाारलाई नेपालाका रक्तबीर भन्ने संज्ञादिदै उच्च सम्मान प्रकट गर्नु भएको थियो भने ब्लोदानकाे स्थापनाका लागि भूमिका खेल्ने संस्थापक अध्यक्ष शरद कशा र बिभिन्न कार्यक्रम ल्याएर ब्लोदानलाई अघि बढाउन निन्तर लागिपर्ने अर्का अध्यक्ष महेन्द्र बिलाश जोशीको पनि स्मरण गर्नुृकासाथै यस रक्त अभियानमा लागेका सबैप्रति सम्मान प्रकट गर्नु भयाे र ब्लोदान मार्फत रक्त अभियानलाई निरन्तरतार दिन सम्बन्धित सबैसँग आग्रह गर्नु भएको थियो ।

कर्याक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले आवश्यक बिमारीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यको शुरुवात कतिपय स्थानीय र प्रदेश सरकारले पनि गरिसकेको उल्लेख गर्दै यसका लागि घच्घचाउने काम बरोबर भइरहेको र अझ पनि यस कुरालाई जोड दिइने बिश्वास दिलाउनु भयो । ४० बर्ष उमेर काटेका मानिसहरुलाई बिभिन्न रोगहरुले च्यापेर रक्तदान गर्न नमिल्ने स्थिति सिर्जना हुँदै गएकोले १८ बर्षदेखि माथि ४० बर्ष बीचका युबापंक्तिमा यो कार्यक्रमलाई बढी केन्द्रित र उत्प्रेरित गर्न सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताउनु उहाँले बताउनु भएको थियो ।
ब्लोदानका अध्यक्ष ई.सानुबाबु प्रजापतिले कार्यक्रमको अध्यक्षको आसनबाट बोल्नुहुदै र ब्लोदानका गतिबिधिहरुका बारेमा जानकारी दिदै सरकार, रेडक्रस, ब्लोदान र रक्तदाता बसैको सहकार्यबाट मात्रै रक्तदान कार्यक्रममलाई सफल पार्न र सबल किसिमले अघि बाउन सकिने यथार्थ औंल्याउदै बिगतका कमी कमजोरीहरुलाई सच्याउदै जीवन दान दिने यो रक्त अभियानमा लाग्न सम्बन्धित सबैसँग जाेडदार आग्रह पनि गर्नु भएको थियो ।
ब्लोदानका केन्द्रिय सदस्य तथा सहकारी अयियन्ता भोलानाथ पाठकले ब्लोदानका समस्याहरु समेत राख्दै र सरोकारवाला निकायको ध्यानाकर्षण गर्दै सञ्चालन गर्नु भएको कार्यक्रममा ब्लोदानका उपाध्यक्ष राजेश श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नु भएकाो थियो भने ब्लााेदानका संस्थापक महासिचव सुबर्णराज लम्साल लगायतक बक्ताहरुले पनि ब्लाेदानलाई सही किसिमले सञ्चालन गरेर रक्त सेवा कार्यक्रम अझ प्रभावकरी तुल्याउनु पर्ने बारेमा आ–आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमा प्रमुख अतिथिले ३४ वटा रक्त अभियानमा लागेका बिभिन्न संस्थालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । ब्लोदान स्थापना भएको दिन फागनु २२ गते होली परेकाले यो कार्यक्रम फागनु २७ गते गर्नु परेको आयोजले जानकारी गराएको थियो ।