बितेका केही बर्षदेखि यता खाना पकाउने ग्यासको स्वास्थ्यमा पर्ने प्रभाव बारे अध्ययन गरिरहेका बैज्ञानिकहरुले खाना पकाउने ग्यासबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने ठूलो प्रमाण मिलेको बताउदै आएका थिए । अब यसको बिकल्प खोजिनु पर्ने उनीहरुको सुझाव थियो । यस सम्वन्धमा अष्ट्रेलियाका बैज्ञानिकहरुको के भनाइ छ भने अब खाना पकाउन ग्यासको बिकल्प खोज्न समय आइसकेको छ । किनभने लगातार प्रमाणहरुले के पुष्टी गर्दै आइरहेको छ भने खाना बनाउने यो तरीका स्वास्थ्यका लागि ठीक छैन र पर्याबरणका लागि पनि हानी कारक छ ।
हुन त खाना पकाउने ग्यासबाट हानी नोक्सानी हुने बारेको चिन्ता निकै लामो समयदेखि चल्दै आएको ो । तर हालै प्रकाशमा ल्याइएको एउटा अनुसन्धान प्रतिबेदन पछि यस कुरामा बहस चर्किन थालेको छ कि खाना पकाउन ग्यास(कुकिङ्ग ग्यास कत्तिको खतरनाक हुन सक्त छ । पछिल्लो ताजा अध्ययनमा के पाइएको छ भने अमेरिकामा बाल बच्चाको दमको रोग हुनमा खाना पकाउने ग्यासबाट हुने उत्सर्जनको ठूलो योगदान या भूमिका रहेको छ । त्यस अध्ययनमा के पाइयो भने अमेरिकामा बाल बचमा दमको रोग लाग्ने जति पनि मामिलाहरु सामुमा देखा परेका छन् तीमध्ये १२.७ प्रतिशत जति अर्थात् हरेक आठवटा मामिलामा एउटा मामिलाको कारण ग्यास स्टोभ देखा परेको छ ।
बैज्ञानिकहरु चिन्तित छन्
यस बर्षको आरम्भमा नै अमेरिकाको ‘कन्ज्यूमर प्रडक्ट सेफ्टी कमिशन’ले घोषणा गरेको थियो कि उसले कुकिङ्ग ग्यासमा प्रतिबन्ध लगाउने कुरामा बिचार गरिरहेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्सको बिश्व बिद्यालयका बैज्ञानिकहरुले के भनेका छन् भने कुकिङ्ग ग्यासलाई लिएर ब्यक्त चिन्ता बिना कारण ब्यक्त भएको होइन । त्यस बिश्व बिद्यालयको वेभसाइटमा प्रकाशित एउटा लेखमा एसोसिएटेड प्रोफेसर डोना ग्रीनले भनेकी छन् कि कुकिङ्ग ग्यासबाट हुने प्रदुषणलाई लिएर चिन्तित हुनु न्यायोचित छ ।
उनले त्यस लेखमा थप भनेकी छन् –‘हामी स्टोभमा सामान्यतः खाना बनाउँदछौ । यसको अर्थ हो कि हामीलाई प्रदुषकहरुसँग नियमितरुपमा वास्ता हुने गर्दछ । किनभने हाम्रो अनुहार ग्यासको निकट हुने गर्दछ तर यो ठीक होइन । अब हाम्रा अगाडि बिकल्प छ र जुन बढी सुरक्षित छ र पर्याबरण अनुकूल पनि छ’ ।

ती प्रोफेसर ग्रीन जस्तै पर्याबरण सम्वन्धि रोगहरुका बिशेषज्ञ डा. क्रिस्टीना कोभी पनि यस चिन्तासँग सहमत छन् र के भन्दछिन् भने खाना पकाउने ग्याससँग टाढा रहनु आवश्यक छ । क्रिस्टीनाले भनेकी छन् – ‘यो हाम्रा घरहरु र वरिपरी एउटा यस्तो प्रदूष हो जसलाई हटाउन आवश्यक छ, बिज्ञानले देखाइरहेको छ ि हामीलाई जीवाश्मा इन्धन बाल्न छोड्नु पर्दछ र ग्यास पनि त्यो मध्येको एक हो’ ।
स्वास्थ्यमा असर
कुकिङ्ग ग्यास स्वास्थ्यका लागि खतरनाक मानिन्छ । किनभने यसबाट अनेक किसिमका प्रदूषक तत्वहरु उत्सर्जन हुने गर्दछन् । प्रोफेसर ग्रीनका अनुसार जब तपाईले ग्यास बाल्नु हुन्छ वास्तवमा तपाईले मिथेन ग्यास बालिरहनु भएको हुन्छ । त्यसबाट बिषालु यौगिकहरु बन्दछन् । यो ग्यासमा मिथने प्रमुखत अबयब हुन्छ जुन बलिदा या बल्दा त्यसले गर्मी पैदा गर्दछ । यसबाट नाइट्रोजन र अक्सिन मिले र नाइट्रोअक्साईड बन्दछ । प्रो. ग्रीन भन्दछिन् कि त्यसबाट स्वास्थ्यका लागि कयौं गम्भीर परिणाम उत्पन्न हुन्छन् जसमा दम र स्वास्थ्य सम्बन्धि समस्याहरु सामेल छन् ।
डा. कोभी बताउँदछिन् कि जतिबेला स्टोभ बन्लदछ त्यतिबेला वास्तवमा तपाईले जीवाश्म इनधनलै बालिरहेको हुनुहुन्छ जसबटा कार्बन मोनो अक्साईड, नाइट्रस अक्साईड र फर्मल्डिहाईड पनि बन्न सक्छन् । डा. कोभीले भन्छिन् कार्बन मोनोअक्साईडनको उत्सर्जनबाट हावामा अक्सिन कम हुन्छ र रगतमा पनि अक्सिजन नष्ट हुन्छ जसबाट टाउको दुख्ने र रिंगाटा लाग्ने समस्याहरु उत्पन्न हुन सक्छन् ।
पर्यावरणका लागि पनि खतरनाक
वास्तवमा यो खाना पकाउने(कुकिङ्ग) ग्यास बाल्नु पर्यावरणका लागि पनि खतरनाक साबित भइरहेको बिज्ञहरुले बताएकाा छन् । गत बर्ष २०२२ मा गरिएको एक अध्ययन अनुसन्धानले भनेको थियो कि अमेरिकामा ग्यास स्टोभबाट जति कार्बन उत्सर्जन हुन्छ त्यो पाँच लाख कारहरुबाट हुने उत्सर्जन बराबर हुन्छ ।
यसर्थ अब बैज्ञानिहरु खाना पकाउने ग्यास(कुकिङ्ग ग्यास)को बिकल्प खोजिनु पर्ने कुरामा जोड दिइरहेका छन् । इण्डक्शन चुल्हो, बिद्यूत चुल्हो यसको बिकल्प हुन सक्ने बताइदैछ । इण्डक्शन चूल्हो र बिद्यूत चूल्होमा इलेक्ट्रोम्याग्नेटिक प्रभावबाट गर्मी पैदा गरिन्छ अनि यसलाई कुकिङ्ग ग्यासको सबैभन्दा सक्षम बिकल्पकारुपमा लिइदैछ । तर यो निकै महँगो बिकल्प हुने बताइदैछ । यद्यपि बैज्ञानिकहरु बिद्यूत चूल्होलाई लिएर पनि सशंति छन् । किनकि धेरैजसो बिद्यूत उत्पादन कोइला जस्ता जीवाश्म इनधन बालेरै उत्पादन गर्ने गरिन्छ । यसकारण अक्षय ऊर्जाबाट पैदा गरिदै गरेको बिद्यूतलाई नै एउटा राम्रो र दीगो बिकास मान्न सकिने ज्ञाताहरुको निष्कर्श छ ।