आइतबार, आश्विन १८ गते २०८३

शी जिनपिङ्ग तेश्राे कार्यकालका लागि चीनकाे पुनः राष्ट्रपति

फाल्गुण २६, २०७९ शुक्रबार
शी जिनपिङ्ग तेश्राे कार्यकालका लागि चीनकाे पुनः राष्ट्रपति

काठमाडौं । चीनमा शी जिनपिङ्ग तेस्रो कार्यकालका लागि पुनः चीनको राष्ट्रपतिमा  निर्बाचि भएका छन् । चिनीयाँ जन काँग्रेसकाे चालु   १४औं राष्ट्रिय  अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा उनी निर्बाचितश  भएका हुन् ।

चीनकाे ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय शीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको सिन्ह्वाले जनाएको छ । याे सँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएकाे पर्यबेक्षकहरूले उल्लेख गरेका छन् ।

नब नियुक्त राष्टपतिका  कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् र चीनकाे संबिधानप्रति निष्ठाबान रहेकाे सपथ पनि लिएका छन् । अधिबेशनले झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।