शनिबार, आश्विन १७ गते २०८३

पार्टी प्रमुख र सरकार प्रमुख बन्न नपाए पनि राष्ट्रप्रमुख बन्ने संयोग र समय मिल्यो रामचन्द्रलाई

फाल्गुण २५, २०७९ बिहीबार

काठमाण्डौ । आज भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र नेकपा(एमाले)का साँसद सुभासचन्द्रलाई पराजित गर्दै देशको तेश्रो राष्ट्रपति बनेका छन् । देशको सर्बोच्च पदमा निर्बाचित भएर नेतृत्व गर्न पाउनु उनको राजनीतिक जीवनको उत्कर्ष बन्न पुगेको छ ।

राष्ट्रपति निर्वाचनमा कुल ४९ हजार ५९१ मत खसेको थियो । रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत पाए भने उनका प्रतिद्वन्दी सुवासचन्द्र नेम्वाङले १५,५१८ मत प्राप्त गरे । पाैडेल ९ दलीय गठबन्धन साझा उम्मेद्वार पौडेललाई उनको पार्टीका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादीका साझा उम्मेद्वार बनाइएका थिए भने नेम्बाङ्ग एमालेका उम्मेद्वार थिए ।