प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदका उमेदवार रहेका पाैडेलेले प्रतिस्पर्धी
राष्ट्रपतिको निर्वाचनमा नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र नेकपा(एमाले)का साँसद सुभासचन्द्रलाई पराजित गर्दै देशको तेश्रो राष्ट्रपति बनेका छन् । देशको सर्बोच्च पदमा निर्बाचित भएर नेतृत्व गर्न पाउनु उनको राजनीतिक जीवनको उत्कर्ष बन्न पुगेको छ
संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । अर्कातर्फ नेम्वाङले एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार अर्थात प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत प्राप्त गरेका हुन्।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।