शनिबार, आश्विन १७ गते २०८३

प्रभु इन्स्योरेन्सको साधारणसभाद्वारा ७.०५ प्रतिशत लाभांश पारित

फाल्गुण २४, २०७९ बुधबार
प्रभु इन्स्योरेन्सको साधारणसभाद्वारा ७.०५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८र०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै लगेको जनाए । उनले समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको उल्लेख गरे । बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा विस्तार गर्ने नीति लिएको उनले जनाए ।