काठमाण्डौ । सत्ता र सत्ता बाहिर रहेका सबै धारका माओबादीहरु बिस्तृत शान्ति सम्झौता र परिबर्तन बिराेधी गतिबिधि बिरुद्ध एकजुट भएका छन् । आज संयुक्त बैठक बसेर एक निष्कर्श निकाल्दै उनीहरु एकजुट भएका हुन् । उनीहरुले संयुक्त बक्तब्यमा भनेका छन् संक्रमणकालीन न्यायको प्रकृया बिपरीतका काम कारबाहीहरुले शान्ति सम्झौतामा सहयोग पुर्याउँदै भन्ने कुरामा समेत हामी स्पष्ट छौ । त्यस बक्तब्यमा भनिएको छ – संक्रमणकालीन न्यायका सम्वन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रकृयासँग जोडिएका बिषयहरु बिस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप ब्यवस्थापन गरिनु पर्दछ भन्ने कुरामा हामी दृढ छौं । संक्रमणकाली न्यायसँग सम्बन्धित बिषयहरु अन्यत्रबाट हाेइन सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत अगाडि बढाइनु पर्दछ भन्ने कुरामा उनीहरुको बिशेषा जोड रहेको छ ।

संयुक्त बक्तब्यमा नेकपा(माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराई, नेकपा(क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य सीपी गजुरेल, नेकपाका प्रबक्ता खड्कबहादु बिश्वकर्मा प्रकाण्डा सी, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका महासचिव बिश्वभक्त दुलाल आहुति नेकपा(माओबादी समाजबादी) का अध्यक्ष कर्णजीत बुढाथोकी, र माओबादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य नारायणप्रसा धिमालले हस्ताक्षर गरेका छन् । बक्तब्य तल जस्ताको तस्तै :
