शनिबार, आश्विन १७ गते २०८३

नेकपा(एस)का नेता इञ्जिनियर सराेज उपाध्यायकाे निधन

फाल्गुण २०, २०७९ शनिबार
नेकपा(एस)का नेता इञ्जिनियर सराेज  उपाध्यायकाे निधन
काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालका भाइ तथा त्यस पार्टीका केन्द्रीय सदस्य सरोज कुमार उपाध्यायको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएकाे छ। गम्भीर घाइते उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे । उपाध्याय दुर्घटनामा परेपछि केही युवाले देखेर तत्कालै निजामति अस्पताल लगेको र त्यसपछि न्युरोमा उपचारका लागि लगिएको थियो तर उनी जीबित रहन सकेनन् । उनी नेकपा एसको इन्जिनियर विभागका प्रमुख पनि हुन् ।