काठमाडौं । विश्वका ४४ महत्वपूर्ण तथा उदीयमान प्रविधिहरू मध्ये ३७मा चीनको वर्चस्व कायम रहेको छ । चीनले रक्षा, अन्तरिक्ष, रोबोटिक्स, ऊर्जा, वातावरण, बायोटेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), उन्नत सामग्री र प्रमुख क्वान्टम टेक्नोलोजी समेतमा फैलिएको महत्वपूर्ण क्षेत्रहरूको दायरा समेटेको छ ।
अष्ट्रेलियकाे रणनीतिक नीति संस्थान एएसपीआईले गएकाे बिहीवार सावर्जनिक गरेकाे एउटा अध्ययन प्रतिवेदनमा याे तथ्य उल्लेख गरिएको छ ।
यस सम्बन्धमाा सेक्युरिटी थिंक ट्यांकका अनुसार चीनले अहिले आफूलाई विश्वकै अग्रणी विज्ञान र प्रविधि महाशक्तिको रूपमा स्थापित गरेको छ ।
एएसपीआईको क्रिटिकल टेक्नोलोजी ट्र्याकरका अनुसार रक्षा, अन्तरिक्ष, रोबोटिक्स, ऊर्जा, वातावरण, बायोटेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), उन्नत सामग्री र प्रमुख क्वान्टम टेक्नोलोजी लगायतका महत्वपूर्ण क्षेत्रहरूको दायरा समेटेको छ ।
त्यस प्रतिवेदनले केही क्षेत्रमा विश्वका शीर्ष १० अनुसन्धान संस्थाहरू चीनमा आधारित रहेको कुरा पनि उल्लेख गरेको छ ।
प्रतिवेदनले चीनको उत्कृष्ट क्षेत्र भनेको रक्षा र अन्तरिक्ष सम्बन्धी प्रविधि हो। “आणविक–सक्षम हाइपरसोनिक मिसाइलहरूमा चीनको प्रगतिले अगस्ट२०२१ मा अमेरिकी गुप्तचरहरूलाई चकित पारेको छ,“ एएसपीआईले भनेकाे छ।
त्यसले संकेत गरे अनुसार विगत पाँच वर्षमा, चीनले हाइपरसोनिक्स लगायत उन्नत विमान इञ्जिनहरूमा विश्वको ४८.४९ प्रतिशत उत्पादन गरेको छ।
यस सम्बन्धमाअमेरिकाको विदेश मन्त्रालयले गरेको अध्ययनमा पनि अमेरिका यो दौडमा दोस्रो स्थानमा रहेको जनाएको छ ।
यतिबेला पश्चिमी लोकतन्त्रहरूले वैज्ञानिक र अनुसन्धान सफलताहरूको दौड सहित विश्वव्यापी प्राविधिक प्रतिस्पर्धा गुमाउँदै गएको यथार्थकाे रिपोर्टले उजागर गरेकाे छ ।