कैलालीमा उद्यमीव्यवसायीहरुले बैंक तथा वित्तीय संस्थामा रकम जम्मा नगरौं भन्दै विरोधमा उत्रिएका छन् ।
बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर अचाक्ली बढाएको विरोधमा उनीहरूले विरुद्ध ‘नो डिपोजिट’ अभियान चलाएको जनाएका छन् । उद्योगीव्यवसायीले विभिन्न बैंकका शाखा कार्यालयमा धर्ना दिनुका साथै नो डिपोजिट अभियानका ब्यानर टाँगेका हुन् ।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण आफुहरू नो डिपोजिट अभियान चलाउन बाध्य भएको कैलाली उद्योग वाणिज्य संघका एक पदाधिकारीले जनाए ।