डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु नेपालमा चलाउन मिल्ने भएको छ । एससीटीसँग आवद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको सम्झौता भएको हो ।
यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको छ ।
यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम मार्फत कारोबार गर्न सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना रहेको जनाइएको छ ।