शनिबार, आश्विन १७ गते २०८३

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क क्युआरमार्फत भुक्तानी सुविधा

फाल्गुण १६, २०७९ मंगलबार
नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क क्युआरमार्फत भुक्तानी सुविधा

 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी क्युआर कोडबाटै गर्न सकिने भएको छ ।  

कम्पनीको सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तीय संस्था इसेवाको माध्यमबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपस्थितिमा सेवाको औपचारिक सुरुवात भएको छ।

आफ्ना ग्राहकले उच्चतम प्रविधिमा आधारित सेवा प्रयोग गरी नगदरहित भुक्तानी गरी लाभ उठाउने अपेक्षा कम्पनीले गरेको छ।