शनिबार, आश्विन १७ गते २०८३

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अशान्ति र बेइमानी मच्चाउँदै अमेरिका - चिनीयाँ प्रबक्ता

फाल्गुण १२, २०७९ शुक्रबार
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अशान्ति र बेइमानी  मच्चाउँदै अमेरिका - चिनीयाँ प्रबक्ता
अमेरिकाले बेइमान रुपमा हतियारको बिक्री गरेर अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाका गम्भिर त्रास-धम्की सिर्जना गरेको चीनले बताएआरोप लगाएको  छ । 

चिनीया परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले हिजो फेब्रअरी २३ तारिखका दिन नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले हलुका हतियारको खुकुलो व्यवस्थापन गर्दै बेइमानीरुपमा हतियारको निर्यात गरी खुलारुपमा अरु देशहरुको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाका लागि गम्भिर त्रास-धम्की सिर्जना गरेको बताउनुभयो।

संयुक्त राष्ट्र संघको परम्परागत गोला बारुद मामिला विषयक कार्य सम्मेलन फेब्रअरी १३ तारिखदेखि १७ तारिखसम्म आयोजना भयो। चीनले यस सम्मेलनको अवधिमा “सार्वभौम नभएको सत्तालाई गोला बारुद निर्यात नगरौँ ” तथा “विवेकशील तथा उत्तरदायी तरिकामार्फत भिडन्त भएको क्षेत्रमा गोला बारुद निर्यात गरौँ ” भन्ने प्रस्ताव प्रस्तुत गरी अन्तर्राष्ट्रिय समाजलाई हतियारको व्यवस्थापनलाई कडा पार्न आह्वान गरेको छ।

धेरै विकासोन्मुख मुलुकहरुले यस प्रस्तावको समर्थन गरेतापनि अमेरिकाले त्यसको विरोध गरेको छ। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङले उक्त कुरा बताउनुभएको हो।

साभार