हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आजबाट एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक राणाले अहिलेको समयमा ठूला बैंक आवश्यक ठानेर मर्ज भएको बताए ।
एकीकृत भएसँगै बैंकको शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १९७३ जना हुनेछन् ।
हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।
एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ । ।