शनिबार, आश्विन १७ गते २०८३

पचास करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र  बैंक 

फाल्गुण १२, २०७९ शुक्रबार
पचास करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र  बैंक 

 

नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले ५ वर्षका लागि वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्ने भएको हो । जसको ब्याजदर१२.५०  प्रतिशत तोकेको छ । फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला  हुने  उक्त ऋणपत्र चैत १० गते निष्काशन गर्नेछ भने २०८४ चैत १० गते साँवा भुक्तानी गर्नेछ ।

उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।  बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका अथवा विदेशमा रोजगारी गरेर फर्केर ६ महिना नपुगेका नेपाली नागरिक, गैर आवासीय नेपालीले आफ्नो परिवारको नाममा खरिद गर्न सक्नेछन् ।