आइतबार, कार्तिक ९ गते २०८३

सगरमाथा इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो लाभांश

फाल्गुण ११, २०७९ बिहीबार
सगरमाथा   इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो लाभांश

सगरमाथा  इन्स्योरेन्सको  कम्पनीको २६ औं साधारण सभाबाट कम्पनीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश पारित  गरेको छ । यस्तै, सभाले मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लूम्बिनि जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता सेयर  कायम हूने गरी निर्धारण गरिएको सेयर आदन प्रदान अनूपात हुने गरी गरिएको मर्जर प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तुलनामा ७८/७९ मा १८.१६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै २ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा शूल्क आर्जन गरी एनएफआरएस अनुसार ३७ करोड ८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, कम्पनीले कुल दावी भूक्तानी तर्फ यस आर्थिक वर्ष गत बर्षको तुलनामा ३९.३४ प्रतिशतले बृद्धि गरि १ अर्ब ८५ करोड ६० लाख ६७ हजार भूक्तानी गरेको जानकारी दिएको छ ।