जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् ।
भारतले जी २० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण उनी भारत गएको पौडेलको सचिवालयले जनाएको छ ।
सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनका दौरान उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । मन्त्री पौडेल १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।