शुक्रबार, कार्तिक ७ गते २०८३

रुस–यूक्रेन चालु युद्ध लम्ब्याउने बिश्व राजनीति

फाल्गुण १०, २०७९ बुधबार
रुस–यूक्रेन चालु युद्ध लम्ब्याउने बिश्व राजनीति

lok_narayan.jpg

लोकनारायण सुबेदी
 यतिबेला रुस–यूक्रेन युद्ध शुरु भएको एक बर्ष पुग्नै लागेको छ । यस एक बर्षको समय क्रममा दुबै तिर जन–धनको ठूलो क्षति भइसकेको र भइरहेको छ । यसबाट त्राण पाउन कति लामो समय लाग्ने हो कसैले भन्न सक्तैन । जहाँ पनि र जहिले पनि युद्ध हरेक किसिमको बिकासमा बाधक र घातक बन्ने गर्दछ  नै । अनि त्यसबाट मुक्त भएर स्थिति सामान्य हुन थप बर्षौंको समय गुजार्नु पर्ने हुन्छ । बिश्वले बितेको शताब्दीमा दुइ भिषण बिश्व युद्ध र तिनले गरेको महाबर्बादीले देखेको र झेलेको हो । यति हुँदा हुँदै पनि हतियारको दममा शक्ति प्रदर्शन र हिंसा मच्चाउने अबाञ्छित कुरामा कुनै कमी आएको देखिएको छैन ।
 बिश्वको जुन परिप्रेक्षमा यो यूक्रेन–रुस युद्ध शुरु भएको र चल्दै आएको छ त्यसका लागि दुबै पक्षले एक अर्कालाई दोषी ठहराउने गर्दै आएका छन् । एक बर्ष पछिको युद्धको स्थितिलाई हेर्दा दुबै देशका घोषित–अघोषित मित्रहरु ख्डा हुन पुगेका स्थिति सम्हालिनेभन्दा अझ बिग्रने र अझै पनि शान्तिले स्थान नपाउने बाटो लागेको देखिदैछ । बाइडेन र पुटीनको पछिल्लो बक्तब्य र घोषणाले यही कुराको पुष्टि गरिरहेको छ । हुन त अमेरिका सदैब लोकतन्त्र र शान्तिको कुरा गर्दछ । तर ब्यवहार त्यसको बिपरीत हुने गर्दछ । आफ्नो स्वार्थका लागि अमेरिकाले जस्तो सुकै तानाशाहीसँग पनि अंकमाल गर्न पछि पर्दैन भन्ने बिगतका अनेक घटनाहरुले छर्लङ्ग पारिसकेका र पारिरहेकाक छन् । पछिल्लो समयमा अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्डको भ्रमणका बेला एकाएक यूक्रेनको राजधानी कीभमा पनि पुगे । त्यतिबेला यूक्रेनी नेता लिसिया भेसिलेन्कोले त्यस कुराको पुष्टी गर्दै ट्वीट पनि गरेको थियो कि बाइडेन  कीभ पुगेका छन् । उनले कुनै ठूलो घोषणा हुने प्रतिक्षाकासाथ भनेका पनि  थिए कि हवाई सायरनको अनुभव तपाईहरुलाई होला । कीभ पुगेर बाइडेनले युक्रेनलाई थप सहयोग गर्ने र युद्ध लम्ब्याउने तर पछि नहट्ने कुरा ब्यक्त गरेका थिए । त्यतिबेला यूक्रेनका राष्ट्रपति भ्लादिमि जेलेन्स्किीले राष्ट्रपति बाइडेनसँग फोटो खिचाउँदै जो बाइडेलाई कीभमा स्वागत छ, तपाईको यात्रा सबै यूक्रेनीहरुका लागि समर्थनको एउटा महत्वपूर्ण संकेत सहीतको फोटो साझा गरेका थिए । केही समय पहिला जेलेन्स्किी बृटिश प्रधानमन्त्री ऋषि सुनकससँग भेट बार्ता गरेका थिए । यसरी बृटेन र अमेरिकाको समर्थन उनलाई मिलिरहेको कुरा एकदमै प्रष्ट छ । 

Ukraine.webp
 अर्कोतिर रुसलाई चीनको सहयोग र समर्थन हासिल भइरहेको छ । यसरी आज बिश्व प्रष्टसँग दुइ खेमामा बिभाजि भएको देखिन्छ । नाटो बिरोधी र नाटो समर्थकहरुको यो ध्रुबीकरणमा एकातिर चीन र अर्कोतिर अमेरिका खाडा भएका छन् । चीन र अमेरिकाका बचि पहिलादेखि नै कोरोना महामारी, ब्यापार, दक्षिण चीन सागरमा प्रभूत्वको प्रतिस्पद्र्धा जस्ता अनेक मुद्दाहरु कायम रहेका छन् । त्यसले गर्दा बिश्वमा एक किसिमको तनाव सिर्जना भएको छ । गएको महिनामा अमेरिका र क्यानाडाको आकाशमा केही संदिग्ध हगाई बस्तुहरु (बेलुन) देखिएको र त्यसलाई अमेरिकाको बायु सेनाले गोली हानेर खसालेको थियो । अमेरिकाले यस बारेमा के आरोप लगाएको छ  भने ती चीनले पठाएका गुप्तचरी बेलुन थिए । जबकि चीनले त्यसको ठाडै बिरोध  गर्दै त्यसको खण्डन गरेको र ती बेलुनहरु मौसमको अध्ययनका लागि छोडिएको बताएको थियो । त्यसो त १९५० को दशकमा पनि अमेरिकाले यस्तै गरी सोभियत संघ र चीनको आकाशमा गुप्तचरी बेलेन पठाएको इतिहास रहेको छ । अमेरिकाले आफ्नो त्यो गुप्तचरी कार्यक्रमलाई ‘सेन्सेटिभ इण्टेलिजेन्स’ नामाकरण पनि गरेको थियो । त्यस अन्तरगत बेलुन जस्ता गब्बाराको सहयोगले दुश्मन देशहरुको हवाई क्षेत्रमा गएर सूचनाहरु संकलन गर्ने गरिन्थ्यो । त्यस्ता गुब्बाराहरुमा ‘हाई रिजोल्यूशन’ क्यामेराहरु जडान गरिएका हुन्थे जसले दुश्मनका हवाई क्षेत्रमा घुसेर सैनिक गतिबिधिहरुको तस्बीर लिने गर्दथे । ६० को दशकको आरम्भमा त्यस्ता गुब्बाराहरु पठाउने काम अमेरिकाले बन्द गरिदिएको पनि बताइन्छ । त्यतिबेलादेखि अहिलेसम्म बिभिन्न किसिमले बिश्व समीकरणमा परिबर्तन पनि आइसकेको छ । तर पनि बिश्वका महाशक्तिहरुका बीच कुनै किसिमले पनि सम्बन्ध सामान्य हुन सकिरहेको छैन ।
 अमेरिकाले यतिबेला चीनमाथि जासुशीको आरोप मात्रै लगाएको छैन  गएको हप्ता शनिवारका दिन म्युनिख सेक्युरिटी कन्फरेन्समा चीनीयाँ राजनेता वाङ यीसँग भेटघाट पछि अमेरिकी बिदेश मन्त्री एण्टनी ब्लिंकेनले त्यसको अर्को दिन के दाबी गरेका थिए भने चीन यूक्रेसनसँग जारी युद्धमा रुसलाई हतियार र गोली बारुद दिने बिचार गरिरहेको छ । त्यस क्रममा अमेरिकाले चेतावनी पनि दिएको थियो कि यदि चीनले त्यसो गरेमा त्यसको गम्भीर परिणाम चीनले पनि भोग्नु पर्नेछ । उल्लेखनीय छ कि अमेरिकी बिदेश मन्त्रीका त्यो बयानबाजी चीनी राजदेता वाङ यीको प्रस्ताबित रुस यात्राभन्दा ठीक पहिला आएको थियो । प्रष्टैछ कि चीन र रुस पहिलादेखि नै एक अर्काको मित्र रहँदै आएका छन् ।
 चीन र  रुसलाई राजनीतिक ब्यवस्थाका अतिरिक्त आर्थिक हितले पनि एक अर्कासँग जोडेको बिश्वका राजनीतिक बिश्लेषकहरु औंल्याउने गर्दछन्  । चीन  रुसी तेल,ग्यास र कोइलाका लागि ठूलो बजार रहेको छ । रुस र चीनको यस निकटताका बीच अमेरिकाले जुन आरोप लगाएको छ चीनले त्यसको तत्कालै खण्डन गरेको छ । चीनको बिदेश मन्त्रालयले भनेको थियो कि अमेरिकालाई अरुमाथि आरोप थोपर्ने र झूटा सूचनाहरु प्रबाह गर्ने कृयाकलापहरुमाथि मन्थन गरिनु पर्दछ । अमेरिका स्वयं लगातार हतियारहरुको आपूर्ति गरिरहेको छ । चीनले प्रश्न उठाएको छ कि संघर्षलाई हावा कसले दिइरहेको छ  ? लडाई उकास्ने चक्कु कसले पठाइरहेको छ ? चीनका प्रबक्ताले भनेका छन् कि चीन यूक्रेन र रुसका बीच शान्ति बार्ताहरुको समर्थनका लागि प्रतिबद्ध छ । उसले अमेरिकाको तर्फबाट रुससँगको सम्वन्धलाई लिएर दिइने गरेको दबाव र लगाइने गरेको आरोपलाई स्वीकार गर्दैन । 
 एकदमै स्पष्ट कुरा के छ भने अमेरिका समेत नाटोका सदस्य यूरोपेली देशहरु अनेक किसिमका हातहतियार, गोली बारुद्ध र युद्धका उपकरणहरु यूक्रेनलाई पठाइरहेकाक छन् जसमा ट्यांकहरु पनि सामेल छन् भन्ने सैनिक तथा युद्ध बिज्ञहरु बताइरहेका छन् । रुस हाल यूक्रेनको पूर्बी क्षेत्रमा अघि बढ्ने प्रयत्न गरिहेकाके छ । त्यहाँ यस युद्धको क्रममा सबैभन्दा भिषण संघर्ष भएको देखिएको हो । यस गम्भीर स्थितिकासाथ अमेरिका र चीनका बीचमा यूक्रेनलाई लिएर तिक्तता तीब्र हुनु सकारात्मक संकेत होइन भन्ने प्रष्ट छ ।
 यूक्रेनको पिठ्यौंमा हात राख्ने बहानमा जस्तो किसिमले रुसलाई दबाब दिने  कोशिश भइरहेको छ र संघर्षलाई अझ बढी तीब्र पारिदै छ यो प्रबृत्ति बिश्व शान्तिका लागि घातक छ भन्ने बिश्लेषहरु ल्गातार औंल्याइरहेका छन् र युद्धको अन्त्य गर्न र रोक्न बार्ताको बिकल्पका लागि जोड दिइरहेका पनि छन् । यस स्थितिमा संयुक्त राष्ट्र संघ जस्ता संस्थाहरुले न युद्ध रोक्न सके, न युद्धका लागि उक्साउने स्थितिलाई नियन्त्रणमा राख्न सके । यस्तो स्थितिमा यस्ता संस्थाहरुको सार्थकतमाथि पनि पुनर्बिचार गरिनु पर्ने कुरा समेत उठिरहेको छ । जस्तो किसिमले पहिलो बिश्व युद्धपछि राष्ट्र संघका कमजोरीहरु सामुन्ने आएका थिए त्यस्तै इतिहासि पुन दोहोरिन थालेको प्रतीत हुँदैछ । यस्तो बेलामा बिश्वमा शान्तिपूर्ण देशहरु एकजुट भएर हरेक किसिमा यस्ता अबाञ्छित संर्ष र हि«ंसक अबस्थाको अन्त्य गरेर सकारात्मक सुधार ल्याउने आवाज उठाउने र दबाबकारी काम गर्नु आवश्यक छ भन्ने कुरा पनि यतिबेला उठिरहेको छ ।