बुधबार, भाद्र ३ गते २०८३

बरिष्ट नेत्र चिकित्सक डा. सन्दूक रूइत १० लाख डलरकाे इशा पुरस्कारबाट सम्मानित

फाल्गुण १०, २०७९ बुधबार
बरिष्ट नेत्र चिकित्सक डा. सन्दूक रूइत १० लाख डलरकाे इशा पुरस्कारबाट सम्मानित

काठमाडौं । नेपालकाे तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत बहराइनमा हिजाे ‘इसा अवार्ड’ बाट सम्मानित भएका छन् ।

बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले यस सम्बन्धमा आयोजित कार्यक्रममा डा. रूइतलाई अवार्ड प्रदान गरेकाे प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिइन् । केसीका अनुसार बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलर बराबरको अवाडसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिका र योगदानकाे सम्मान गर्दै अवार्ड प्रदान गरेको हो । गएको माघ महिनामा डा. रुइतलाई त्यस संस्थाले ‘इसा अवार्ड’ दिने घोषणा गरेको थियो ।

isha-award.jpg

त्यस अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर डा. रुइत छनोट हुनुभएका हुन्। बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

डा. रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नु भएकाे छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनु भएकाे छ।