बुधबार, भाद्र ३ गते २०८३

आज २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृ भाषा दिवस

फाल्गुण ९, २०७९ मंगलबार
आज २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृ भाषा दिवस

यूनेस्कोले प्रत्येक बर्ष २१ फेब्रुअरीका दिन भाषिक तथा साँस्कृतिक बिबिधता तथा बहु भाषबादलाई प्रोत्साहन दिनका निम्ति अन्तर्राष्ट्रिय  भाषा दिवस मनाउने गर्दछ । यो दिवस सन् २००० देखि मनाउन शुरु गरिएको हो ।


  बिश्वमा ७ हजार भन्दा बढी भाषाहरु छन् । यस्ता भाषाहरुमध्ये ४३ प्रतिशत भाषाहरु लुम्तप्राय भइसकेका छन् ।  नेपालमा पनि एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको छ। ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो अहिले बिश्वमा करीब एक सय भाषाहरुको डिजीटल प्रयोग गरिने गरिएको छ । बिश्वका भाषाहरु मध्येमा शिक्षा प्रणालीमा केवल केही सय भाषाले मात्र मान्यता प्राप्त गरेका छन् । मानब जातिको अमूल्य सम्पत्ति भाषाको संरक्षण र सम्बद्र्धन तथा सदुपयोग आजका आजका बिश्वका भाषाहरुाके मूल समस्या हो ।


संयुक्त राष्ट्र संघले २०२२ देखि २०३२ को एक दशकको अबधिलाई स्वदेशी भाषाहरुको अन्तर्राष्ट्रिय दशक भन्ने संज्ञा दिएको छ । यसभन्दा पहिला २०१९ लाई संयुक्त राष्ट्र संघ महासभाले स्वदेशी भाषाहरुकाे अन्तर्राष्ट्रिय बर्ष घोषणा गरेर मनाएको थियो । 
यसैगरी युनेस्कोले बर्ष २०१८ लाई चङ्शा (चीन)मा गरिएको युलु उद्घोषण भाषिक संसाधनहरु र  बिबिधताहरुको रक्षाका लागि बिश्वका देशहरुका तथा क्षेत्रहरुको प्रयासलाई  मार्गदर्शन गर्ने भूमिका निभाउदै आएको  छ।