आइतबार, कार्तिक ९ गते २०८३

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी  

फाल्गुण ८, २०७९ सोमबार
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी  


एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंकको सञ्चालक समितिको ५९०औँ बैठकले सन्तोष कुमार राठीलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी दिनेश भारीलाई  संस्थापक समुहमा प्रतिनिधि सञ्चालकमा चयन गरेको जनाएको छ ।

संस्थाको  आज बसेको  १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको हो । लघुवितमा  यस अघि सञ्चालकहरु  कपिल ढकाल र प्रकाश बराल  संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फ बाट प्रतिनिधित्व गर्दै आई रहेका छन् ।  

नवनियुक्त अध्यक्ष राठीले प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक  डा. गुणाकर भट्टसमक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् भने सञ्चालक  दिनेश भारीले संस्थाका अध्यक्ष  सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । राठी  र भारी  हाल एन आई एशिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत  छन् ।