आइतबार, कार्तिक ९ गते २०८३

बरिष्ठ चिकित्सक, संघर्षशील ब्यक्तित्व तथा पूर्ब मन्त्री डा. मथुरा श्रेष्ठकाे निधन

फाल्गुण ८, २०७९ सोमबार
बरिष्ठ चिकित्सक, संघर्षशील ब्यक्तित्व तथा पूर्ब मन्त्री डा. मथुरा श्रेष्ठकाे निधन

काठमाडौं । देशका एक प्रतिष्ठित  नागरिक संघर्षशील अगुवा ब्यक्तित्व एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको आज बिहान निधन भएको छ ।काठमाण्डाै स्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा साेमबार बिहान सवा ४ बजे उहाँकाे निधन भएको हो ।

उहाँ २०४७ सालको परिबर्तन पछ अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहनु भएकाे थियाे । श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिनु हुन्थ्याे। उहाँको अहिले सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ ।

राजनीतिक परिबर्तन पछि पनि देश र जनताकाे संकटपूर्ण अबस्थामा कुनै सुधार नभएकाे र राजनीतिले सही बाटाे नलिएकाेमा डा. मथुरा चिन्तित र असन्तुष्ट हुनुहुन्थ्याे । कमरेड पुष्पलाल र  एकदेब  आलेबाट शिक्षित दीक्षित भएकाे र धेरै कुरा सिकेकाे बताउनु हुने डा. श्रेष्ठ बयाेबृध्द अबस्थामा पनि फेसबुकमा स्टाटस लेखेर देश र जनताप्रतिकाे चिन्ता दर्शाइरहनु भएकाे थयाे ।

विदेशमा रहेका छोराछोरीको आग्रहमा दिबंगत  श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको बताइएकाे छ ।