काठमाडौं । देशका एक प्रतिष्ठित नागरिक संघर्षशील अगुवा ब्यक्तित्व एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको आज बिहान निधन भएको छ ।काठमाण्डाै स्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा साेमबार बिहान सवा ४ बजे उहाँकाे निधन भएको हो ।
उहाँ २०४७ सालको परिबर्तन पछ अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहनु भएकाे थियाे । श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिनु हुन्थ्याे। उहाँको अहिले सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ ।
राजनीतिक परिबर्तन पछि पनि देश र जनताकाे संकटपूर्ण अबस्थामा कुनै सुधार नभएकाे र राजनीतिले सही बाटाे नलिएकाेमा डा. मथुरा चिन्तित र असन्तुष्ट हुनुहुन्थ्याे । कमरेड पुष्पलाल र एकदेब आलेबाट शिक्षित दीक्षित भएकाे र धेरै कुरा सिकेकाे बताउनु हुने डा. श्रेष्ठ बयाेबृध्द अबस्थामा पनि फेसबुकमा स्टाटस लेखेर देश र जनताप्रतिकाे चिन्ता दर्शाइरहनु भएकाे थयाे ।
विदेशमा रहेका छोराछोरीको आग्रहमा दिबंगत श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको बताइएकाे छ ।