कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई कार्यकाल ४ वर्षको लागि सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् ।
बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उनी सीईओ बनेका हुन् । गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । उनीसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीईओ भएर काम गरेको अनुभव छ ।