कर्जाको ब्याजदर तत्काल एकल अंकमा ल्याउन सम्भव नभएको बताईएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहको भन्दै नेपालमा एकल अंकमा ब्याजदर झार्न सक्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहेकाे छ ।
नेपालमा मुद्रास्फीति घट्दा पनि लक्षित सीमाभन्दा माथि नै छ,’ अध्यक्ष केसीले भने, ‘भारतले मुद्रास्फीति लक्षित सीमाभित्र ल्याउन नसकेको अवस्थामा तत्काल ब्याजदर एकल अंकमा झार्न सम्भव छैन ।’ उनले ब्याजदर एकल अंकमा आउनु भन्दा पनि स्थिर र स्थायित्व प्रमुख विषय रहेको बताउछन् । बैंकहरुले माघदेखि नै निक्षेपको ब्याजदर घटाइसकेको र त्यसको आधारमा विस्तारै कर्जाको ब्याजदर पनि घट्दै जाने उल्लेख गरे ।
बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको भन्दै निक्षेपकर्ताको कुरा नआउने र ऋणीको कुरा मात्रै आउने गरेको अध्यक्ष केसी बताउँछन् । यता व्यवसायीहरुले भने कर्जाको ब्याजदर महँगो भएको भन्दै तत्काल घटाउनु पर्ने माग राख्दै आएका छन् । ब्याजदर महँगो भएको र व्यापार व्यवसाय गर्न नसकिने भन्दै उनीहरुले सडक आन्दोलन समेत गरेका छन् ।