शनिबार, आश्विन १७ गते २०८३

सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता

फाल्गुण २, २०७९ मंगलबार
सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता

 

काठमाडौं उपत्यकामा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता भएको छ । मंगलबार बिहान यातायात मजदुरहरु र सरकारबीच भएको छलफलपछि बन्दको कार्यक्रम फिर्ता भएको जनाइएको छ । बन्द घोषणा भएकाले उपत्यकामा बिहानैदेखि कुनै पनि सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

ट्राफिक जरिवानाको विषयलाई लिएर प्रदर्शनमा उत्रेका यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका थिए । सरकार र यातायात मजदुर संगठनका प्रतिनिधि बीच भएकाे सम्झाैता यस प्रकार छ :

samjhauta.jpg