काठमाण्डौ ।भूकम्पले टर्की र सीरियामा ३३ हजारभन्दा बढीको ज्यान गयो । यो संख्या अझ बढ्ने सम्भावना छ । किन भने भूकम्पले ध्वस्त बनाएका भवन र घरहरुमा पुरिएमा मानिसहरुको खोजी अझै जारी छ । तर अब अपबाद बाहेक खोजी कार्यबाट जीबित मानिस फेलापर्ने सम्भावना क्षीण भइसकेको बताइदैछ ।
टर्कीका न्याय मन्त्रीले हिजो आइतबार पत्रकारलाई दिएको जानकारी अनुसार त्यहाँ अहिले १३४ जना मानिसहरुलाई भवनहरु ध्वस्त भएको सन्दर्भमा पक्राउ गरिएको छ । त्यहाँ १७०,००० भवहरुमध्ये अहिलेको बिनाशकारी भूकम्पले २४००० भत्किएका या नराम्रोसँग नोक्सान पुगेको स्थितिमा पुगेको त्यहाँ बातावरण मन्त्रीले बताएका छन् । भबन बिज्ञहरु ती भवन बनाउदा गुणस्तरहीन सामाग्री प्रयोग गरिएको दोष दिइरहेका छन् भने भग्नाबशेषबाट तिनको नमूना लिएर त्यसको छानबिन पनि गरिने भएको छ ।

यस अघि १९९९ मा पनि पनि टर्कीमा ठूलो भूकम्प आएर १७००० मानिसहरु मारिएका थिए । त्यसयता बनाइएका भवन र घरहरु बनाइदा पनि भवन संहीताको ठीक किसिमले परिपालना नगरिएको र बेवास्ता गरेको कारणले समेत ठूलो नोक्सनी हुन पुगेको कुरा पनि त्यहाँ उठेको छ । त्यहाँका एकजना शहरी योजनाकारले के पनि भनेका छन् भने यो समस्या राज्य प्रणालीको हो केही ठेकेदारहरुलाई दोष लगाएर या तारो बनाएर मात्र यसको सही समाधान भेटिदैन ।
अर्कोतिर सीरियाको उत्तरी क्षेत्र जहाँ राजनीतिक जटीलता छ त्यहा भूकम्पले पनि क्षत बिक्षत तुल्याएको छ त्यो क्षेत्रमा अझै पनि आधारभूत राहत सामाग्री पुग्न सकिरहेको छैन । १२ बर्षको युद्धलेभन्दा यो भूकम्पले ठूलो समस्या खडा गरेको त्यहाँका स्थानीयले बताइरहेको समाचार श्रोतहरुले जनाएका छन् ।