
लोकनारायण सुबेदी
आजभन्दा चार बर्ष पहिला जनवरी २०१९ मा प्रकशित संयुक्त राष्ट्र संघको ‘ग्लोबल ट्रफिकिङ्ग’ ‘बिश्व महिला ओसार–प्रसार’प्रतिबेदनले प्रष्ट बताएको थियो — ‘हुन त अनेक किसिमका ट्राफकिङ्ग बिश्व स्तरमा प्रचलित छन् तर तीमध्ये यौन शोषणका लागि महिलाहरु या किशोरीहरुको ओसार–पसार सबैभन्दा बढी छ’ । यस किसिमको अन्तर्राष्ट्रिय स्तरको ‘मानब–बेचबिखन’को चपेटामा परेका अधिकांश महिलहरुलाई अमेरिका, पश्चिम तथा दक्षिण यूरोप र मध्य पूर्वका बिभिन्न क्षेत्रमा पु¥याउने गरिन्छ । तथ्यांक अनुसार यस्ता ‘मानब–बेचबिखन’ सम्वन्धि दर्ता गरिएका मुद्दाहरुको बिश्व स्तरमै बृद्धि भइरहेको छ ।
हालैका बर्षहरुमा यौंन शोषणका लगि हुने गरेका यस्ता महिला ओसार–पसारमा बृद्धिको अर्को एउटा कारणले पनि हुने गरेको छ ।त्यो कारण हो – पोर्नोग्राफी,चलचित्र,भिडियो जस्ता कुराहरु बनाउनका लगि पनि धेरै जस्तो महिला र किशोरीहरुलाई नै ओसार पसार गर्ने गरिन्छ । यूरोपका केही स्थानहरुमा पनि धेरैजसो महिलहरु तथा बलिकाहरुको अबैध बिक्री या ओसार–प्रसार भइरहेको छ । यूरोपमा त्यस्ता कतिपय महिलाहरुलाई छुटाएर आश्रय स्थलमा राखिएको कुरा पनि प्रकाशमा आएको छ । त्यस्ता महिलाहरुका बीचमा गरिएका अनुसन्धानहरुबाटके थाहा भएको कुरा खुलासा गरिएको छ भने तिनको दुःखेसो र दर्द बहुतै गहिरो छ ।‘लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकलमेडिसिन’का लागि केथी जिमरम्यानले ‘मुस्कानमथि डकैती’भन्ने प्रतिबेदनम यसबारे लेखिएको छ । त्यस प्रतिबेदन अनुसार त्यसरी मानब–बेचबिखनम परेका महिलाहरुमध्ये ९५ प्रतिशत महिलाहरु तथा किशोरीहरुलाई शरिरीक र यौनिक हिंसा सहनु परेकोथियो । ६५ प्रतिशतले अनेक शरिरीक समस्याहरु तथा यौन हिंसाहरु, सहनुपरेको थियो, रोगहरु (इन्फेक्सन)उत्पन्न भएका थिए ६५ प्रतिशत डिप्रेशनअर्थात अबसादबाट पीडित थिए, तीमध्येका३८ प्रतिशतमा आत्महत्या गर्ने कुरा पनि प्रवेश गरिसकेको थियो ।
प्रो. डोनाह्यूग्सले आफ्नो अध्ययनमा बताएकी छन्कि पोर्नोग्राफीको चलचित्र तयार गर्नकालगि पनि ठूलो संख्यमा बिदेशी बलिकाहरुर महिलाहरुलई यूरोपका केही बिशेषक्षेत्रहरुमा लगिने गरेको थियो ।लटभियामा रहेको एउटा त्यस्तै केन्द्रकाबारेमा उनीहरुरुले के बताएका छन् भने यसमा पोर्नोग्राफी तथा बेश्याबृत्ति जस्ता काममा २००० महिलाहरु तथा बाल बलिकालाई फँसाइएको थियो । यदि यस्ता प्रकारको मात्र एउटा अखडामा त्यत्तिका महिलाहरु रबालकाहरुलाई फसाइएको पाइयो भन ेत्यसबाट यो समस्या कति ब्यापक रहेछ भन्नेकुरा पनि प्रष्ट हुन्छ । यौन–पर्यटन आर्थात‘सेक्स–टुरिज्म’को नाममा थाइल्याण्ड, ब्राजिल, नीदरल्याण्ड, फिलिपिन्स माठूल्ठूला अखडा नै बनेका छन्, जहा बिशेषगरेर पर्यटकहरु यौन सम्वन्धका लगि या अश्लिल सो हेर्नका लगि जाने गर्दछन् ।त्यस्ता ठूला अड्डाहरुमा बहुतै महिला बेचबिखन हुने गर्दछ । त्यस्ता ठाउँहरुमा प्रायःजसो बास्तवमा अनेक किसिमका अपराधी माफियाहरु सक्रिय भएका हुन्छन् ।

आज बिश्वमा यस्ता लाखौ महिलाहरु, किशोरीहरुछन् जसलाई उनीहरुको अफ्नो इच्छाको बिरुद्ध बेश्याबृत्ति, पार्नोग्राफी तथा यौन शोषणमा धकेलिएको छ । यी त्यस्तामहिला या किशोरी बय उमेरका महिला हुन् जसलाई उनीहरुको नाजुक अर्थिक स्थिति तथा अन्य बिवशतको लाभ उठाउदै एकातर त अनेक किसिमले बहकाइयो या अर्कोतिर भममा राखियो । जापानका सन्दर्भमा त्यहीकै एक अनुसन्धानकर्ता ‘सीया मोरिता’ले आफ्नो अनुसन्धानमा बताएकी छन् कि दक्षिण पूर्बीएशियाबाट जापानको यौन उद्योगका लगि केही दशकको कालखण्डमा कम्तिमा ६ लाखदेखि १० लाखसम्म बालिका तथा महिलाहरुलई ल्याइएको थियो । त्यो अध्ययनमा यो महिला ओसार पसार या ट्राफकिङ्गलाई अर्ब डलरको मुनाफाका ब्यापार भनेर पनि घोषण गरियो । जबकि यसमा बिदेशी महिलाहरुको ‘दास’को स्थिति यति नराम्रो अबस्थामा थियो जसले गर्दा तीमध्ये अनेकौंले आत्महत्या समेत गरेकाथिए । यस्तो मानब ब्यापार बढाउनका लगि बिश्व स्तरमा अर्बौं डलर उपलब्धभइरहेको छ ।कुल मिलएर के प्रष्टै भन्न सकिन्छ भने दशौं हजार साधन सम्पन्न सफेदपोश अपराधी यस अबैध ब्यापारसँग जोडिएका छन् ।यस अबैध मानब बेचबिखनकालाई काम गर्नका लगि अधिक अन्तर्राष्ट्रिय सहयोगको आबश्यकता रहेकोछ ।
कति पय प्रयास केवल तिनै महिलाहरुलाई छोडाएर तिनलाई आफ्नो मूलदेशमा फर्काउने कुरासम्ममा मात्र सीमितछन् । त्यसरी छोडाइएका महिलाहरु पुनःत्यस्ता गिरोहको चंगुलमा फँस्न सक्छन् ।केही स्थानहरुबाट यसरी छोडाइएका महिलाहरु थोरै समय भित्रै पुनः त्यस्तै यौन गिरोहका फन्दामा पर्न र फस्नपुगेको पाइएका छन३ । कतिपय स्थानहरुमा त्यसरी छोडाइएका महिलाको लगि सेल्टर बनाएर बहुत कम सयमसम्म राखिने गरेको पनि छ । त्यत्तिको कम समयमा उनीहरुमथि अन्याय अत्याचारबाट उत्पन्न तनाबबाट मुक्तिको कुनै अवसर नै मिल्न पाउदैन । अनेक निर्धनता तथा शोषणबाट प्रभवित क्षेत्रहरु या युद्ध वा गृहयुद्धबाटा क्षतबिक्षत भएका क्षेत्रहरुमा यस्तो मानब बेच बिखनका एजेण्टहरु बिशेषगरी सक्रिय रहेका हुन्छन् त्यस्ता प्रभबित समुदायहरुमा बिशेष ध्यान दिदै त्यहाँका महिलाहरुलई सहायता पु¥याउन तथा रोजगारीका अवसरहरु प्रदानगर्न पनि बहुत आवश्यक छ । कतिपय देशहरुमाबेश्याबृत्ति ठूला अखडाहरुलईसरकारी सहमतिमा यस अधारमा बिकसित गरिएकोछ कि यसबाट पर्यटनलाई बढावा मिल्दछ ।
तर त्यसको अर्को गम्भीर पक्षलाई लुकाएरराख्ने गरिन्छ जसले गर्दा महिला या मानबबेचबिखनलाई बढावा मिल्दछ । हुन पनि पर्यटन क्षेत्रको यो सोच मूलतः अनुचित र गलत छ। यसलाई बाहरीरुपमा जतिसुकै आकर्षक देखाउन र प्रस्तुत गर्न खोजे पनि यसको समग्र असर महिला तथा किशोरीहरु माथिबढ्दो उत्पीडनकोरुपमा यो रहेको हुन्छ र छ । हाम्रो देशबट पनि पटकपटक किशोरीहरु र महिलाहरुलाई यौन शोषण र उत्पीडनको यो कालो ब्यपारमा धकेल्ने गरेको गम्भीर स्थिति छ । कयौ पटक भारतको दिल्ली र मुम्बई जस्ता महानगरहरुबाट यसरी बेचबिखनमा परेका महिलाहरुको उद्धार गरिएका खबरहरुपनि आइरहेका हुन्छन् । केही बर्ष पहिला मात्रै भारतको मणिपुरबाट १७९ जना महिला तथा किशोरीहरुलाई उद्धार गरिएको आधिकारिक खबर आएको थियो । नेपालबाट महिला बेचबिखन गर्ने बाटो अपराधी समूहले बदल्ने गरेको तथ्य यसबाट खुल्दछ । यो समस्याका सबै पक्ष केलाएर रोकथामका सबैउचित उपाय कडाइकासथा लागु गरिनु अत्याबश्यक छ । अन्यथा यसले पार्ने चौतर्फी नकारात्मक असरबाट समाजलाई बचाउन सकिने छैन ।