सत्य र न्यायको खोजी अभियानका अभियन्ताहरुले देशमा बर्षौदेखि चलिरहेको नागरिकता बिबाद र त्यसको समाधानका लागि नागरिकता बिधेयकमा संशोधन गरिनुपर्ने महत्पूर्ण बुँदाहरु राखेर गृह सचिव समक्ष नागरिकता बिधेयकको मस्यौदा प्रस्तु गरेका छन् ।
निकै लामो समयदेखि नागरिकता प्राप्तिका लागि के के आधार छन् हुन्छन् र त्यस सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका अभ्यास र प्राबधानहरु के के रहेका छन् अनि यस सम्वन्धम नेपालको भू–राजनीतिक अबस्था, नेपालको राष्ट्रिय हित, नेपालको आवश्यकता र समस्याहरु के के छन् भन्ने बिषाय-बस्तुकाे गहिराे अध्ययन र गहन छलफल पछि यो अभियानले तयार पारेको मस्यौदा बिधेयक बुँदागतरुपमा प्रस्तुत गरेको छ ।

त्यसमा मूख्य मूख्य समस्या र समाधानका सही उपायहरु के के हुनुपर्दछ भन्ने प्रष्ट पारएिको छ । प्रस्तुत मस्यौदा गृह सचिवलाई बुझाउन जाने अभियन्ताहरुमा ध्रुबलाल श्रेष्ठ, एसके तिमल्सिना र युबराज कोइराला रहेकाे जानकारी प्राप्त भएकाे छ । अभियानले प्रस्तुत गरेको राष्ट्रिय हित अनुकूलको मस्यौदा बिधेयकको पूर्ण पाठ यस पिडीएफमा रहेकाे छ :